सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा ।
पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ५ दिनसम्म चलेको मेलाको आईतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । कार्यक्रममा मेयर आचार्यले रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको उनले बताए । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरूका लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्कीले उद्यमशील व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने बताए । पछिल्लो समय, बैङ्कसँग ऋण लिएर व्यापार –व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने मान्छेलाई अपराधी करार गर्ने प्रवृत्ति बढेकोमा उनले चिन्ता व्यक्त गरे ।
समापनको अवसरमा उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्युटर, उत्कृष्ट झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेमजालाई सम्मान गरिएको थियो । मेलामा कम्प्यूटर एसोसियशन अफ नेपाल (क्यान) सह आयोजकको भूमिकामा रहेको थियो ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाकोखोजी तथा पर्यटकीय संभावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको प्रचार–प्रसार संयोजक तथा पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य मनोहरि पौडेलले जानकारी दिए । मेलाअन्तर्गत नै उद्यमशीलता प्रवद्र्धन,लगानी मैत्री नीति निर्माण,नवप्रवर्तन,सूचना प्रविधि,कृषिसँग सम्बन्धित विभिन्न परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया