क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी

काठमाडौं ।
विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा सुनुवाइ गर्दै अदालतले उनलाई जेल पठाउने आदेश गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
भण्डारीलाई धरौटी
सोही इजलासले प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । भण्डारी स्वयं निर्णयकर्ता नरहेको र केवल टिप्पणी पेस गर्ने प्रक्रियामा मात्र सहभागी देखिएको भन्दै इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
तर, महानिर्देशक अधिकारी आयोजनाको मुख्य जिम्मेवार र निर्णयकर्ता भएको ठहर गर्दै अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश सुनाएको हो ।
के हो प्रकरण ?
भक्तपुरको नलिन्चोकमा निर्माण गरिएको हेलिपोर्टमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हेलिपोर्ट निर्माणका क्रममा लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाएको, गुणस्तरहीन काम गरेको र राज्यलाई हानि–नोक्सानी पुर्याएको दाबीसहित अख्तियारले अधिकारी र भण्डारीसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । सोही मुद्दाको थुनछेक बहपछि अदालतले यस्तो आदेश दिएको हो









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया