प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन

पोखरा– पोखराको हेमजामा भएको साहित्य महोत्सवको रौनकबीच गायक तथा संगीतकार प्रेमराज पौडेलको नयाँ म्युजिक भिडियो ‘एक्लो रात’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक समारोहमा वरिष्ठ भाषाविद् एवं कविवर मुकुन्दशरण उपाध्यायले भिडियोको विमोचन गरेका हुन् ।
भाषाविद् उपाध्यायको रथारोहण तथा नागरिक अभिनन्दन समारोहको अवसर पारेर यो सिर्जना बजारमा ल्याइएको हो । विमोचनपछि सर्जक पौडेलले कार्यक्रममा गीत गाएर सुनाएका थिए ।
सार्वजनिक ‘एक्लो रात’ गीतमा शब्द, संगीत र स्वर स्वयं प्रेमराज पौडेलको रहेको छ । प्रेम, विछोड र एकान्तपनको भाव समेटिएको यो गीत आधुनिक शैलीमा तयार पारिएको छ । भिडियोमा चर्चित कलाकार होमराज पौडेल र स्वस्तिका श्रेष्ठले अभिनय गरेका छन् । रामप्रसाद बास्तोलाको निर्देशनमा तयार भएको भिडियोको निर्माण शकुन्तला पहारीले गरेकी हुन् ।
पोखराको सांगीतिक क्षेत्रमा ‘नवोदित’ प्रतिभाका रूपमा उदाएका पौडेलले यसअघि पनि स्थानीय मञ्चहरूमा आफ्नो प्रस्तुति दिँदै आएका छन् । विशेष गरी शब्द रचना र संगीत कर्ममा रुचि राख्ने पौडेलले सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेका छन् ।
यसअघि विभिन्न सांगीतिक कार्यक्रम र अनौपचारिक सांगीतिक जमघटहरूमा आफ्ना रचना सुनाउँदै आएका पौडेलले ‘एक्लो रात’ मार्फत व्यावसायिक संगीतमा औपचारिक पाइला चालेका हुन् । उनी गायनमा मात्र नभई गीत लेखन र संगीत संयोजनमा समेत पोख्त मानिन्छन् ।
कार्यक्रमको सञ्चालन कविद्वय शिव त्रिपाठी र छन्दिका त्रिपाठीले संयुक्त रूपमा गरेका थिए । महोत्सवमा साहित्यका अन्य विधासँगै संगीतलाई पनि स्थान दिइएकोमा सहभागीले खुसी व्यक्त गरे ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया