गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने

गोरखा । नेपाली सेनाका पूर्वउपरथी (मेजर जनरल) बाबुराम श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रम र ‘जेनजी’ आन्दोलनको भावनालाई कदर गर्दै आफू चुनावी मैदानमा उत्रिन लागेको उनले बताएका छन् । गत भदौ २३ र २४ गते भएको आन्दोलन र सहिदको बलिदानले मुलुकमा नयाँ सोच र ऊर्जासहितको जनप्रतिनिधि खोजेको उनको निष्कर्ष छ ।
‘मातृभूमिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि नयाँ सोच आवश्यक छ,’ श्रेष्ठले लेखेका छन्, ‘मेरो योग्यता, क्षमता र अनुभवको पूर्ण उपयोग गरी बाँकी जीवन जन्मथलो गोरखा र समग्र देशको समृद्धिका लागि समर्पण गर्ने प्रण गर्दछु ।’
सिभिल इन्जिनियरसमेत रहेका श्रेष्ठ गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीका स्थायी बासिन्दा हुन् । उनले संविधानप्रदत्त मौलिक हक प्रयोग गर्दै स्वतन्त्र उम्मेदवारको हैसियतमा उम्मेदवारी घोषणा गरेको र कानुनी प्रक्रिया क्रमिक रूपमा पूरा गर्दै जाने उल्लेख गरेका छन् । उनले आफ्नो अभियानमा साथ, सहयोग र सद्भाव राख्न सबैसँग अपिलसमेत गरेका छन् ।









पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
सम्पादकीय—लेकसाइडमा सडकको सास्ती
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया