पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भन्दै ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विमानस्थल निर्माण अख्तियारले आइतबार ५ जना तत्कालीन मन्त्री, १० पूर्वसचिवसहित ५५ जना र निर्माण सम्झौता गर्ने चीनको चाइना सिएएमसी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दीपक अमात्य हुन् ।
यीमध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । अर्का पूर्वमन्त्री डा. महत अल्जाइमर्स रोग लागेर विस्मृतिमा गएका छन् । मुद्दा लागेका मन्त्रीमध्ये डा. महत पूर्वअर्थमन्त्री हुन् भने बाँकी पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् ।
अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन् ।
सर्वोच्च अदालतका पूर्वरजिस्ट्रासमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यादलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत १० पूर्वसचिवहरूलाई समेत प्रतिवादी बनाइएको छ ।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण १० जना सचिवलाई पनि अभियोग लागेको छ । अभियोग लाग्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे छन् भने दोस्रोमा सुरेशमान श्रेष्ठ छन् । घिमिरे नेपाल वायु सेवा निगमको अध्यक्षसमेत भइसकेका छन् । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि गठन गरेको कार्यदलको संयोजक समेत घिमिरे थिए । श्रेष्ठ बागमती प्रदेश लोक सेवा आयोगका पूर्वअध्यक्षसमेत हुन् । उनलाई भ्रष्टाचारको मुद्दा लागेसँगै उनी निलम्बनमा परका छन् ।
अभियोग लागेका पूर्वसचिवमा पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जनकृष्ण अर्याल र मोहनकृष्ण सापकोटा र सुरेश आचार्य छन् । उनीहरु तीनै जना सचिवबाट अवकाशमा गइसकेका छन् । सापकोटा पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्मा, तत्कालीन सहसचिव एवं पूर्व अर्थ सचिव मधुकुमार मरासिनी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा, भन्सार विभागमा तत्कालीन महानिर्देशक एवं पूर्वसचिव सूर्यप्रसाद आचार्य र सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार (सचिव) डा.रामकृष्ण तिमल्सेना छन् ।
तिमिल्सेना समावेशी आयोगको अध्यक्ष भएर समेत उमेर हदका कारण अवकाशमा गइसकेका छन् । उनीहरू १० जना पूर्वसचिवलाई नै जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
अख्तियारले आइतबार अदालतमा दर्ता गराएको आरोपपत्र अनुसार लागत अनुमानमा अस्वाभाविक वृद्धि देखाइएको छ । पोखरा विमानस्थलका लागि जाइकाले सन् १९८९ मा गरेको अध्ययन र पछि नागरिक उड्डयन प्राधिकरणले तयार पारेको लागत अनुमान करिब १४५ मिलियन डलर (पछि मुद्रास्फीति जोड्दा १६६.४१ मिलियन डलर) थियो । तर, ठेकेदार कम्पनी चिनियाँ सीएएमसी इन्जिनियरिङले २८७ मिलियन डलर प्रस्ताव गरेको अख्तियारको भनाइ छ । मिलेमतोमा लागत इस्टिमेट नै अस्वाभाविक रुपमा बढाइएको अख्तियारको जिकिर छ ।

को को विरुद्ध मुद्दा ?
–सुशील घिमिरे, तत्कालीन सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–सुरेशमान श्रेष्ठ, तत्कालीन सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–सुमनप्रसाद शर्मा, तत्कालीन सचिव– अर्थ मन्त्रालय
–भेषराज शर्मा, तत्कालीन सचिव– कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय
–रञ्जनकृष्ण अर्याल, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–मोहनकृष्ण सापकोटा, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–लोकबहादुर खत्री, तत्कालीन सहसचिव–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा प्राधिकरण सञ्चालक सदस्य
–मनरुप शाही, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–ज्योति अधिकारी, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–मनोज कार्की, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–फुर्वा छिरिङ शेर्पा, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–सुरेश आचार्य, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
–मदन खरेल, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–मुक्तिनारायण पौडेल, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–सूर्यप्रसाद आचार्य, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
–त्रिरत्न मानन्धर, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सदस्यसचिव– नेपाल नागरिक उड्डयन प्राधिकरण
–रतीश चन्द्रलाल सुमन, तत्कालीन महानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्यसचिव – प्राधिकरण सञ्चालक समिति
–सुमन कुमार श्रेष्ठ, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–हरिबहादुर खड्का, तत्कालीन उपसचिव– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–रोशन चित्रकार, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–ऋषिकेश शर्मा, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–नारायण गिरी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–महेश कुमार बस्नेत, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–बाबुराम पौडेल, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–अशोक कुमार सुवेदी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–मुरारी भण्डारी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–सुवर्णराज उपाध्याय, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–प्रतापबाबु तिवारी, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–रुद्र प्रसाद फुयाल, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–रामचन्द्र सुवेदी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
–डा. रामकृष्ण तिमिल्सिना भन्ने डा. रामकृष्ण तिमल्सेना, तत्कालीन पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
–डा. पुरुषोत्तम डंगोल, तत्कालीन एयरपोर्ट इन्जिनियर
–विनोदानन्द चौधरी भन्ने विनोदानन्द चौधरी मैथिल बाहुन, सेवा निवृत्त निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–मुकुन्द प्रसाद भण्डारी, तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–गंगासागर मान श्रेष्ठ, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–प्रदीप अधिकारी, तत्कालीन उपप्रबन्धक तथा हालका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–तत्कालीन प्राडा रबिन्द्रनाथ श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
–तत्कालीन उपप्राध्यापक सूर्य ज्ञवाली, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
–तत्कालीन उपप्राध्यापक सन्तोषकुमार श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
–हंसराज पाण्डेय, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–डा. पुण्यराज शाक्य, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–द्वारिकाप्रसाद भट्टराई, तत्कालीन वरिष्ठ कानुन अधिकृत, नेपाल नागरिक उड्डयन प्राधिकरण
–कु प्रसाद सिम्खडा, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
–मधुकुमार मरासिनी, तत्कालीन सहसचिव, अर्थ मन्त्रालय
–लालबहादुर खत्री, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
–कमलकुमार भट्टराई, तत्कालीन शाखा अधिकृत, अर्थ मन्त्रालय
–प्रेम उपाध्याय भन्ने प्रेमनाथ उपाध्याय, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
–स्व. पोष्टबहादुर बोगटी (को हकवाला राममाया बोगटी), मन्त्री– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यक्ष– प्राधिकरण सञ्चालक समिति
–धु्रवदास भोछिभोया (को हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ), तत्कालीन उपनिर्देशक– नागरिक उड्डयन प्राधिकरण
–चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड चेयरम्यान वाङ बो
–चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड रिजनल जनरल मेनेजर लिउ शेङचेङ
तीन विषयमा अख्तियारले छुट्टै थप अनुसन्धान गर्ने
पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दाका तीन विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छुट्टै थप अनुसन्धान गर्ने भएको छ । विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता, रिठ्ठेपानी डाँडा कटान र प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गर्दा भएको अनियमितताको विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान गर्ने भएको हो ।
फरक फरक प्रकृतिका र फरक फरक समय अवधिका वारदात फरक निर्णयकर्ता भएकाले यी विषयमा मुद्दा एउटै आरोप दाबीमा समावेश गरी ल्याएकाले छुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडि बढाउने निर्णय भएको अख्तियारको अभिलेख पत्रमा उल्लेख छ ।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया