४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ

पोखरा ।
आफ्नै ४ महिने दूधे बालकको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । छोराको हत्या गरी फरार भएका असई पुष्कर कार्कीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
काठमाडौंको सिनामंगलमा बस्दै आएका कार्कीले कोठामै छोराको हत्या गरेर भागेको प्रहरीले जनाएको छ । उपत्यका छाडेर भाग्ने क्रममा उनलाई चन्द्रागिरि नगरपालिकास्थित नागढुंगा नाकाबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कार्कीले छोराको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।’ प्रहरी संगठनभित्रै कार्यरत व्यक्तिबाट यस्तो जघन्य अपराध भएपछि घटनाको कारणबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया