अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग

समाधान संवाददाता २०८२ मंसिर २२ गते १५:०३

पोखरा ।

पोखरा महानगरपालिका वडा नं –६ बैदाम शान्तिपथ भतमारामा स्थित अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । अन्नपूर्ण आमा समुह पोखरा वडा नं –६ बैदामको सहयोगमा आइतबार न्यानो कपडा प्रदान गरिएको हो ।


विद्यालयका ५४ जना विद्यार्थीहरुलाई करिब ५० हजार रुपैयाँ बराबरको सामाग्रीहरु उपहारस्वरूप प्रदान गरिएको समुहकी अध्यक्ष रेनु लामिछानेले जानकारी दिइन् ।

Advertisement


२०५२ सालमा स्थापना भएको अन्नपूर्ण आमा समुह विभिन्न सामाजिक कार्यहरुमा अग्रसर छ । संस्थाले प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरुको लागि न्यानो कपडा, असहायहरुको लागि खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सम्मान, मन्दिर सरसफाइ लगायत सामाजिक कार्यक्रममा स्वयंसेवक रूपमा सहयोग गर्दै आएको छ ।


समुहका सल्लाहकार होमनाथ पहारीले आमाहरूको पहलमा भएको अभियानले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement


अध्यक्ष लामिछानेले संस्थाले गरिब, विपन्न, जेहेन्ददार विद्यार्थीलाई सहयोग गर्ने पाएकोमा खुशी व्यक्त गरिन् ।
विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा अन्नपूर्ण आधारभुत विद्यालयका प्रधानाध्यापक टिका देवी ढुंगानाले धन्यवाद व्यक्त गरिन् । उनले आउँदा दिनहरूमा पनि सहयोग दाताहरूलाई सहयोगी हात बढाउन आग्रह गरिन् ।


फेवा ढुंगा व्यवसायी संगठनका अध्यक्ष तथा सल्लाहकार बलराम गिरीले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर र जुत्तामोजाले निरन्तर विद्यालय आउन सहज हुने बताए ।


कार्यक्रममा प्रथम उपाध्यक्ष गोमा पगेनी, सचिव गोमा भण्डारी, निवर्तमान अध्यक्ष शान्ति रेग्मी, पूर्व अध्यक्ष तथा सल्लाहकार मिना ढकाल, सल्लाहकार लोकराज पहारी, सल्लाहकार मित्रलाल पहारी द्वितीय उपाध्यक्ष चन्द्रकला पहारी र कोषाध्यक्ष ऋषिमाया पहारी लगायतकाले समुहले स्थानीयस्तरमा गरेको योगदानको प्रशंसा गर्दै समाजमा अनुकरणीय कार्य गर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया