ज्योतिकुञ्ज स्कुलमा खेलकुद महोत्सव
पोखरा ।
रामबजारस्थित ज्योतिकुञ्ज सेकेण्डरी स्कुलले दुई दिने ‘वार्षिक खेलकुद महोत्सव’ गरेको छ । विद्यालयले मंसिर २० र २१ गते उक्त महोत्सव आयोजना गरेको हो ।
महोत्सवको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे । उदघाटन मन्तव्य राख्दै गुरुङले विद्यालय खेलाडी उत्पादन गर्ने कारखाना भएको बताए । उनले खेलकुदको विकासमा विद्यालयहरूको ठूलो योगदान रहने धारणा राखे ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य बस्नेतले पनि शुभकामना मन्तव्य राखे । विद्यालयका प्रिन्सिपल पुरण कुँवरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय सन्तोषी गिरी र शकुन्तला शर्माले गरेका थिए । खेल महोत्सवमा विद्यार्थी खेलाडीहरूबिच विभिन्न इभेन्टमा प्रतिस्पर्धा गराइने र करिब तीन सयको हाराहारीमा पदकको छिनोफानो हुने जानकारी प्रिन्सिपल कुँवरले दिए ।









ज्योतिकुञ्ज स्कुलमा खेलकुद महोत्सव
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया