अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ

समाधान संवाददाता २०८२ मंसिर २२ गते १८:२७

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार उनीविरुद्धको आरोप स्थापित हुन नसक्ने ठहर गर्दै सफाइ दिएको हो ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले घिमिरेलाई सफाइ दिने आदेश गरेको हो ।

के थियो घटना ?
गत असोज ११ गते नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै विरोध जनाएको थियो । सोही क्रममा तत्कालीन अध्यक्ष घिमिरेले तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भूमिका र नियुक्ति प्रक्रियाबारे सार्वजनिक टिप्पणी गरेका थिए ।

Advertisement

घिमिरेको उक्त अभिव्यक्तिले अदालतप्रतिको जनआस्था र सम्मानमा आँच पुर्याएको दाबी गर्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अवहेलनाको प्रतिवेदन (मुद्दा) दर्ता गराएका थिए । तर, सोमबारको इजलासले उक्त दाबी नपुग्ने फैसला सुनाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया