फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका

समाधान संवाददाता २०८२ मंसिर २२ गते १८:३१

काठमाडौं

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंसिर २० गतेको बैठकबाट ‘कट–अफ डेट’ (उमेर हदको मिति) निर्धारण गर्दै यस्तो निर्णय गरेको हो ।

Advertisement

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा १८ वर्ष पूरा हुने मितिलाई आधार मानेर निर्णय गरिएको जनाएको छ । ‘२० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी २०८२ मंसिर ५ गतेसम्म देशभरबाट संकलित मतदाताको विवरण अद्यावधिक गर्ने निर्णय भएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

त्रुटि सच्याउन ५ दिनको म्याद
आयोगले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रमअन्तर्गत संकलित मतदाताको विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ ।

Advertisement

कुनै मतदाताको विवरणमा त्रुटि भएमा सच्याउनका लागि मंसिर २६ गतेसम्मको समय दिइएको छ । सो अवधिमा सम्बन्धित निर्वाचन कार्यालय वा तोकिएको संयन्त्रमार्फत मतदाताले आफ्नो नाम, थर, उमेर वा वतनमा भएको गल्ती सच्याउन निवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया