चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग

पोखरा– पोखराको नागढुंगास्थित चरक मेमोरियल हस्पिटल प्रालिले आफ्नो १३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित विशेष समारोहसँगै हस्पिटल स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार रक्तदान कार्यक्रम गरेको थियो भने आइतबार वैदिक बटुकहरूलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्यो । सोही अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ट चिकित्सक तथा कर्मचारीलाई ‘अवार्ड’ प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेले निजी क्षेत्रका अस्पतालले पनि सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुसी व्यक्त गरे । सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई गण्डकी प्रदेशमै सबैभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरेबापत नेपाल सरकारबाट सम्मानित भएकोमा उनले अस्पताल प्रशासनलाई बधाई दिए ।
हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक कपिल पोखरेलले सेवाग्राही र शुभचिन्तकप्रति आभार प्रकट गरे । ‘पोखरा तथा आसपासका जनतालाई स्तरीय सेवा दिने उद्देश्यले स्थापित हस्पिटलले विश्वास जित्न सफल भएको छ,’ पोखरेलले भने, ‘आगामी दिनमा सेवालाई अझ परिष्कृत र विश्वासिलो बनाउने प्रतिबद्धता जनाउँछौँ ।’
अत्याधुनिक सुविधासहितको सेवा
विसं २०६९ मंसिर १० गते स्थापना भएको चरक हस्पिटल हाल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ । नागढुंगामा रहेको हस्पिटलको ७ तले भवन भूकम्प प्रतिरोधी हुनुका साथै छतमा हेलिप्याडको सुविधासमेत रहेको छ ।
प्रबन्ध निर्देशक पोखरेलका अनुसार हस्पिटलले अत्याधुनिक उपकरण र नवीनतम प्रविधिमार्फत सेवा दिँदै आएको छ । यो ‘मल्टी–स्पेशालिटी’ हस्पिटल विशेष गरी मुटुरोग उपचार र शल्यक्रियाका लागि परिचित छ ।








समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया