गौरीशंकर सहकारीको अध्यक्षमा केशवशरण

समाधान संवाददाता २०८२ मंसिर २३ गते ११:३६

पोखरा ।
गौरीशंकर बचत तथा ऋण सहकारीको २० औ वार्षिक साधारणसभाले केशवशरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चुनेको छ ।


सञ्चालक समिति उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिव कृष्णबहादुर थापा र कोषाध्यक्षमा टीकाराम बाँस्तोला छन् । सदस्यमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई निर्वाचित भए ।


लेखा सुपरिवेक्षण समिति संयोजकमा दलबहादुर कुँवर तथा सदस्यद्वयमा रामचन्द्र सुवेदी र शिरोधर पौडेल छानिए । वरिष्ठ अधिवक्त माधवराज बास्तोलाको संयोजकत्वमा सदस्य ईश्वरीप्रसाद बास्तोला र विष्णुहरि पौडेल सदस्य रहेको निर्वाचन उपसमितिले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गर्न सहजीकरण गरेको हो ।

Advertisement


नवनिर्वाचित सञ्चालक समितिलाई निर्वाचन उपसमिति संयोजक वरिष्ठ अधिवक्ता बास्तोलाले पद तथ गोपनियताको सपथ गराए । सहकारीका संस्थापक अध्यक्ष डबलबहादुर कुँवरले नवनिर्वाचित सञ्चालक समितिलाई सफलताको शुभकामना दिए ।


संस्थामा सेयर सदस्य धेरै भएकाले सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी गरिएको साधारणसभा सञ्चालन जारी निर्देशन बमोजिम ४ वटा इकाइका सभा गरी अन्तिममा प्रतिनिधि सदस्यमार्फत सभाको निर्णय प्रमाणीकरण गर्ने कार्यक्रममा नयाँ सञ्चालक समिति गठन भएको हो ।

Advertisement


यसअघि शुक्रवार पोखरा २५ हेमजाको साबिक वडा नं. ६, ७, ८ र अन्नपूर्ण गाउँ पालिकाका सेयर सदस्यहरू, पोखरा वडा नं. २५ बाहेकका अन्य सबै वडा र चाउथे र शनिबार पोखरा २५ हेमजा साबिक वडा नं. ९ र माछापुच्छ्रे गाउँपालिका, पोखरा २५ हेमजाका साविका वडा १,२,३,४ र ५ को साधारणसभा गरी इकाइ प्रतिनिधि चयन भएका थिए ।


सोमबार इकाई प्रतिनिधिले इकाइबाट आएका सुझव तथा निर्णयहरु प्रमाणित गरेका थिए । कास्कीमा अब्बल यो संस्थाको सेयर पुँजी १४ करोड ४१ लाख ६४ हजार ८ सय, बचत तथा निक्षेप संकलन १ अर्ब १५ करोड २१ लाख ९७ हजार ८ सय ७६ रुपैयाँ, ऋण लगानी ९४ करोड ९६ लाख ५७ हजार २ सय ८० र साधारण जगेडा कोषमा ८ करोड ९२ लाख ९५ हजार ४ सय ६६ रुपैयाँ छ ।


ऋण नोक्सानी व्यवस्था ७ करोड ३६ लाख ८३ हजार ३ सय ७८, नगद तथा बैक हिसाब ५२ करोड ३७ लाख १९ हजार ९ सय ५८, सञ्चालन बचत नाफा १ करोड ३१ लाख ६७ हजार ८ सय ९८ र कुल सम्पत्ति, दायित्व १ अर्ब ५३ करोड ९ लाख ३ हजार ९ सय १३ रुपैयाँ रहेको छ । साथको सदस्य संख्या ७ हजार ३ सय ४३ छ ।


सहकारीका अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर कार्कीले स्वागत र सचिव घनश्याम तिम्सिनाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया