
जोमसोम ।
मुस्ताङको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित बजेटको २५.४७ प्रतिशत निकासा गरेको छ । संघ, प्रदेश र स्थानीय तहलाई ३ अर्ब ६२ करोड ५२ लाख बिनियोजन भएकोमा ९२ करोड ३६ लाख निकासा गरिएको हो ।
यहाँका २३ वटा संघीय कार्यालय र पाँच स्थानीय तहलाई चालु वर्ष २०८२/०८३ मा विनियोजित कुल बजेटको प्रथम चौमासिकमा २८ प्रतिशत बजेट निकासा भएको छ । प्रदेशतर्फका १२ वटा कार्यालय र स्थानीय तहका लागि चालु वर्षको कुल बजेटमध्ये प्रथम चौमासिक खर्चवापत १४ प्रतिशत बजेट निकासा गरिएको छ ।
चालु वर्षका लागि मुस्ताङका संघीय कार्यालय तथा स्थानीय तहका लागि २ अर्ब ८८ करोड ५ लाख बजेट विनियोजन भएकोमा पहिलो चौमासिकको साउनदेखि कात्तिक महिनासम्ममा कोलेनिका मुस्ताङले ८१ करोड ९१ लाख बजेट निकासा गरेको कोष नियन्त्रक शालिक राम सापकोटाले जानकारी दिए ।
कोष नियन्त्रक सापकोटाका अनुसार संघीय चालुतर्फ २ अर्ब १० करोड ६४ लाख विनियोजन भएकोमा प्रथम चौमासिक खर्चवापत ५८ करोड ८४ लाख अर्थात २८ प्रतिशत बजेट निकासा पठाइएको हो । संघीय पुँजीगततर्फ ७७ करोड ४१ लाख बजेट विनियोजन भएकोमा २३ करोड ७ लाख अर्थात् ३० प्रतिशत बजेट निकासा गरिएको कोष नियन्त्रक सापकोटाले उल्लेख गरे ।
केही कार्यालय मर्ज हुन थालेकाले प्रदेश सरकारको बजेट भने कम खर्च भएको छ
प्रादेशिक कार्यालयतर्फ २०८२÷०८३ का लागि बिनियोजित कुल बजेट ७४ करोड ४७ लाखमध्ये पहिलो चौमासिकमा १० करोड ४५ लाख बजेट निकासा गरेको कोष नियन्त्रक शालिक राम सापकोटाले सुनाए ।
कोष नियन्त्रक सापकोटाका अनुसार प्रदेश चालुतर्फ ३५ करोड ६२ लाख विनियोजन भएकोमा ४ करोड ७१ लाख अर्थात १३ प्रतिशत बजेट निकासा गरिएको छ । यसैगरी प्रदेश पुँजीगततर्फ ३८ करोड ८५ लाख बजेट विनियोजन भएकोमा ५ करोड ७४ लाख अर्थात १५ प्रतिशत बजेट निकासा गरिएको हो ।
यहाँका पाँच स्थानीय तहले चालु २०८२÷०८३ का लागि विनियोजित ९० करोड २४ लाख बजेट बिनियोजन भएकोमा पहिलो चौमासिकसम्म ३३ करोड ४२ लाख अर्थात कुल बजेटको ३३.०३ प्रतिशत निकासा लगेको कोष नियन्त्रक सापकोटाले जानकारी दिए ।
जसअन्तर्गत यहाँको थासाङ गाउँपालिकाले २१ करोड ४८ लाख बजेटमा ६ करोड ९१ लाख, घरपझोङ गाउँपालिकाले १९ करोड २५ लाख बजेटमा ९ करोड २२ लाख, वारागुङ मुक्तिक्षेत्रले १८ करोड ६५ लाख बजेटमा ६ करोड २४ लाख, लोघेकर दामोदरकुण्डले १५ करोड ४४ लाख बजेटमा ५ करोड ५४ लाख र लोमान्थाङ गाउँपालिकाले १५ करोड ४२ लाख बजेटमा ५ करोड ५१ लाख बजेट निकासा लगेको कोष नियन्त्रक सापकोटाले जानकारी दिए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले यहाँका स्थानीय तहले निकासा लगेको बजेट संघीय वित्तीय समानीकरणका बजेट ५० प्रतिशत र संघीय सशर्त, विशेष र समपूरक बजेट ५० प्रतिशतको औसतमा निकासा लगेका हुन् । प्रदेश बजेट कम खर्च हुनुमा यहाँका केही कार्यालय मर्ज हुन थालेकाले बजेट खर्च हुन नसकेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








साढे ८ अर्बको मुद्दा चल्दा ३ गम्भीर विषयमा छुट्टै अनुसन्धान
बिरुवामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
सरकारी कार्यालयको खर्च ९२ करोड
गौरीशंकर सहकारीको अध्यक्षमा केशवशरण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया