यामाहाको ‘ब्लु क्याम्प’ सुरु : लेबर चार्जमा ५० प्रतिशत छुट, मर्मतमा सतप्रतिशत क्यासब्याकको अवसर

पोखरा । यामाहा मोटरसाइकल तथा स्कुटरका राइडरहरूलाई लक्षित गर्दै यामाहा नेपाल (एमएडब्लु राइड्स प्रा. लि.) ले देशव्यापी ‘यामाहा ब्लु क्याम्प’ सुरु गरेको छ । ग्राहकको सुरक्षा र सन्तुष्टि बढाउने उद्देश्यले कम्पनीले एक साता लामो विशेष सर्भिस क्याम्प सञ्चालनमा ल्याएको हो ।
मंसिर २१ गतेदेखि सुरु भएको यो अभियान २७ गतेसम्म (डिसेम्बर ७–१३) देशभरका आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा चल्नेछ । कम्पनीका अनुसार यो अवधिमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्भिसिङ सुविधा उपलब्ध हुनेछ । उत्कृष्ट ‘आफ्टर–सेल्स सपोर्ट’ प्रदान गर्ने नीति अनुसार ल्याइएको यो योजनामा ग्राहकले निःशुल्क बाइक वास, १५ प्वाइन्ट चेकअप र एएमसी कार्ड निःशुल्क पाउनेछन् । त्यस्तै, लेबर चार्जमा ५० प्रतिशत, यामाल्युबमा १५ प्रतिशत र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यो अभियानको अर्को मुख्य आकर्षण ‘क्यासब्याक’ अफर हो । क्याम्प सञ्चालन हुने सातै दिन हरेक दिन एक जना भाग्यशाली ग्राहकले आफ्नो मर्मत खर्चको बिलमा १०० प्रतिशत क्यासब्याक (पूरा रकम फिर्ता) पाउनेछन् ।
यसबाहेक ग्राहकलाई सचेतना जगाउन ‘नो योर बाइक’ सेसन पनि सञ्चालन गरिनेछ । यसअन्तर्गत प्राविधिक प्रमुखहरूले ग्राहकलाई सवारीसाधनको मर्मतसम्भार, सही प्रयोग र प्राविधिक पक्षबारे जानकारी दिनेछन् । सुरक्षित यात्राका लागि ‘सेफ्टी राइड सेसन’ मार्फत व्यावहारिक सुझावसमेत दिइने कम्पनीले जनाएको छ ।








हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया