पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने वृहत् ‘पोखरा स्ट्रिट फेस्टिबल’ (सडक महोत्सव) को रौनक यस पटक अझ बढ्ने भएको छ । महोत्सवसँगै पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट २०८२’ सञ्चालन हुने भएको छ । यसका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसनबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराम लामिछानेले दिएको जानकारी अनुसार मार्ट डिसेम्बर २९ र ३० गते चल्नेछ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय उत्पादनको पहिचान दिने र बजार प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गर्न लागिएको हो ।
मार्टमा गण्डकी प्रदेशका विभिन्न जिल्लासहित रुकुम पूर्वका मौलिक उत्पादन एकै थलोमा अवलोकन गर्न पाइनेछ । लामिछानेका अनुसार नवलपुर, म्याग्दी, पर्वत, स्याङ्जा, कास्की, लमजुङ र रुकुम पूर्वका ‘ह्यान्डलुम’ उत्पादन र हस्तकलाका सामग्री (ह्यान्डि क्राफ्ट) प्रदर्शनीको मुख्य आकर्षण बन्नेछन् । स्थानीय सीप र कलालाई पर्यटनसँग जोड्न यो सहकार्य फलदायी हुने विश्वास बोर्डले लिएको छ ।








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया