समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन १०० वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।
आयोगले निर्धारण गरेको समयसीमा (मंसिर २१ देखि २३ गते) भित्र ती दलहरूले दर्ता प्रक्रिया पूरा गरेका हुन् । आयोगका अनुसार आवेदन दिनेमा एकल तथा संयुक्त चुनाव चिह्न लिएका दलहरू छन् । प्राप्त निवेदनमाथि अध्ययन गरी मंसिर २६ गतेसम्म दल दर्ता स्वीकृत गरिने आयोगले जनाएको छ ।
आयोगको कार्यसूचीअनुसार दलहरूले अब पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । पेस गरिएको सूचीमाथि आवश्यक जाँचबुझपछि माघ ४ गते प्रारम्भिक सूची सार्वजनिक गरिनेछ ।
त्यसपछि दाबी विरोध र छानबिनको प्रक्रिया टुंग्याएर माघ २० गते बन्दसूचीको अन्तिम नामावली प्रकाशन हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।








समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीका ११ अस्पतालमा नयाँ अध्यक्ष नियुक्त, कांग्रेस–एमालेको भागबन्डा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया