लेखनाथ डोजो च्याम्पियन
लेखनाथ पावरहाउस डोजोले ५ स्वर्ण, ३ रजत र ९ काँस्य जित्यो

पोखरा ।
लेखनाथ क्योकुसिन–कान कराते डोजो र लेखनाथ डोजो मुआथाई क्लबको आयोजनामा शनिबार लेखनाथ रंगशाला भण्डारढिकमा भएको पाँचौ लेखनाथ कप तथा दशौँ कास्की जिल्ला स्तरीय क्योकुसिन–कान जुनियर फुल कन्ट्याक्ट कराते तथा मुआथाई प्रतियोगितामा लेखनाथ पावरहाउस डोजो टिम च्याम्पियन बनेको छ । पावरहाउसले ५ स्वर्ण, ३ रजत र ९ कास्य जितेको हो ।
छात्र र छात्रा तर्फ ७/७ तौल समूह गरी १४ तौल समूहमा विभिन्न १५ डोजोका १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ७ कास्यसहित बागमारा डोजो दोस्रो हुँदा २ स्वर्ण, ६ रजत र ४ कास्यसहित लेखनाथ रंगशाला डोजो भण्डारढिक तेस्रो बन्यो ।
प्रतियोगितामा छात्र २५ केजीमा आवास नेपाली प्रथम, अनिस चौधरी दोस्रो, प्रशन तिवारी र निश्चल अधिकारी तेस्रो बने । छात्र ३० केजीमा सुजल कुमाल प्रथम, विशेष तामाङ दोस्रो, अविनास सुनार र अपिल कुमाल तेस्रो बने । छात्र ३५ केजीमा अनमोल गुरुङ प्रथम, प्रवेश श्रेष्ठ दोस्रो, सूर्य सुनार र अनन क्षेत्री तेस्रो बने । छात्र ४० केजीतर्फ रायन नेपाली प्रथम, आयुष खवास दोस्रो, विशेष गुरुङ र सन्दीप मगर तेस्रो बने ।
छात्र ४५ केजीमा सयम कुमाल प्रथम, सचिन सुनार दोस्रो, शिशिर विक र साईमन थापा तेस्रो बने । छात्र ५० केजीतर्फ कुशल तिवारी प्रथम, सविन सुनार दोस्रो, सोहन ठेडी मगर र कुशल तिवारी कालिका तेस्रो बने । छात्र ५५ केजीतर्फ रिजन थापामगर प्रथम, वसन्त विक दोस्रो, रितेस बस्नेत र ओमराज गुरुङ तेस्रो ठहरिए ।
छात्रातर्फ २५ केजी तौल समूहमा आर्या थापामगर प्रथम, सुबिना थापा दोस्रो, जोनोशा सिंह र जिया थापा तेस्रो बने । छात्रातर्फ ३० केजीमा साङ्छु तामाङ प्रथम, ईरुपा थापा दोस्रो, नज्योसा सिंह र अका गुरुङ तेस्रो बने । ३५ केजी तौलमा आयुषा थापामगर प्रथम, सुप्रिया थापामगर दोस्रो, हुमी बुढा मगर र प्रकृति तिवारी तेस्रो बने । ४० केजीतर्फ आकांक्षा नेपाली प्रथम, स्मृति सुवेदी दोस्रो, एस्लिन सुनार र सजिना गगर तेस्रो बने । ४५ केजीमा ध्वजकुमारी नेपाली प्रथम, तृप्ति चापागाँइ दोस्रो, सन्ध्या श्रीसमगर र रोजिना सुनार तेस्रो बने ।
छात्रा ५० केजीतर्फ करुणा गुरुङ प्रथम, आरोही सुनार दोस्रो, सन्ध्या श्रीसमगर र अंशु अधिकारी तेस्रो भए । ५५ केजीतर्फ समृद्धि तिमिल्सेना प्रथम, प्रिन्स्मा नेपाली दोस्रो, आयुषी सुनार र सुप्रिया लामा तेस्रो भए ।
जुनियर मुआथाईतर्फ १० वर्षमुनि पचभैया मुआथाई क्लबका डियर थापामगर प्रथम र लेखनाथ डोजो मुआथाई क्लबका क्रिसभ गुरुङ दोस्रो भए । छात्र १४ वर्षमुनि लेखनाथ डोजो मुआथाई क्लबका प्रज्वल थापा मगरले लेखनाथ डोजो मुआथाई क्लबकै एलेक्स गुरुङलाई हराउँदै च्याम्पियन भए । छात्र १६ वर्षमुनि लेखनाथ डोजो मुआथाई क्लबका अनुप गोतामेले पचभैया मुआथाई क्लबका आर्यन थापालाई दोस्रो राउन्डमा मिडल सल्याप किक प्रहार गर्दै नकआउट गर्दै च्याम्पियन बने ।
छात्र १७ वर्षमा लेखनाथ डोजो मुआथाई क्लबका सबिन सुनारले लेखनाथ डोजो मुआथाई क्लबकै सिद्धार्थ हमाललाई तेस्रो राउन्डमा नकआउट आधारमा हराउँदै च्याम्पियन भए ।
विजेताहरुलाई पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार, नेपाल क्योकुसिन कान कराते संघका अध्यक्ष लक्ष्मण कुँवर, मुख्य जुरीधन बहादुर तामाङ, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ, पोखरा २९ का निवर्तमान वडाध्यक्ष चेतबहादुर गुरुङ, संघका सल्लाहकार सोवित थापा, पूर्वखेलाडी नवीन मल्ल र बिक्रम लामा, मुआथाई सल्लाहकार देवेन्द्र सुवेदी, लेखनाथ डोजो प्रमुख सुवास खड्का लगायतले ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरे ।








लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
नेपाल अध्ययनका शिक्षकको दायित्व
सम्पादकीय—सदाचारको खडेरी र दण्डहीनताको अन्त्य
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया