हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित

समाधान संवाददाता २०८२ मंसिर २४ गते ११:४४

पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ७ हुँदीभन्ज्याङमा निर्माण हुँदै गरेको कुल मन्दिरका दातालाई सम्मान गरिएको छ । ३ दिवसीय समारोहबीच मन्दिरका लागि १४ आना जग्गा दान गर्ने पदम/सीता रानाभाट र नगद ३ लाख दान गर्ने लक्ष्मी पौडेललाई विशेष सम्मान गरिएको हो ।


समारोहमा १ लाख २५ हजार दान गर्ने ऋषिराम राईभाट, १ लाख सात हजार दान गर्ने रामकाजी पौडेल, १ लाख १ हजार १ सय ११ दान गर्ने यमलाल राईभाट, १लाख दान गर्ने वीरेन्द्र भाटलाई पनि सम्मान गरिएको थियो ।


५५ हजार ५ सय ५५ दान गर्ने कर्णबहादुर पौडेल र भानुभक्त रानाभाट, ५५ हजार दान गर्ने डम्बरबहादुर रानाभाट, ५१ हजार दान गर्ने थमनबहादुर भाट र लोकबहादुर भाट, ५० हजार ५ सय ५५ दान गर्ने खिमबहादुर भाट र ललित रानाभाट, ५० हजार दान गर्ने दुर्गाबहादुर राईभाट र हिराकाजी भाटलाई सम्मान गरिएको थियो ।

Advertisement


मन्दिर निर्माणमा १० हजारमाथि ४१ हजारभन्दा कम दान गर्ने मेखबहादुर भाट, टेककाजी पौडेल, यमबहादुर भाट, थमन रानाभाट, पदममाया रानाभाट, केशर रानाभाट, केशकाजी रानाभाट, रञ्जित रानाभाट, रत्नबहादुर पौडेल, नरबहादुर पौडेल, दुर्गाकुमारी पौडेल, टीकाराम भाट, चेतभक्त राईभाट, लेखनाथ रानाभाट, धनकुमारी रानाभाट, सर्वजीत भाट, हरि रानाभाट राजु, बाबुराम रानाभाट, फत्ताबहादुर रानाभाट र तुलबहादुर रानाभाटसमेत सम्मानित बने ।


हुँदीभन्ज्याङ पुख्र्यौली भई विभिन्न भागमा बसोबास गर्ने राधु पाध्यायका वंशजलाई एकै ठाउँमा भेला गरी समितिले धान्य पूर्णिमाका दिन कुल देवताको आराधनासहित दातासम्मान र पुनर्मिलन कार्यक्रम गरेको हो । समितिले मंसिर १६ गते मन्दिर परिसर पूजा, रुद्री तथा लक्ष्यवर्ती दीप प्रज्वलन, १७ गते कुलपितृ दर्पण र १८ गते पूजासहितको पुनर्मिलन तथा दाता सम्मान समारोह आयोजना गरेको हो ।

Advertisement


१५ गतेदेखि नै चोखोनितो गरी कुल मन्दिरमा पूजा सुरुवात गरी पूर्णिमाका दिन मन्दिर परिसरमै पञ्जेबाजा र भजन कीर्तनसहित जाग्राम बसेर कुल देवताको आराधना गरिएको समितिका सल्लाहकार टीकाराम भाटले जानकारी गराए । यसअघि स्याङ्जाको सेपतमा कुलपूजा गर्दै आएकामा हुँदीभन्ज्याङबाटै पूजा सुरु गरेको अध्यक्ष वीरेन्द्र भाटले जानकारी दिए ।


उनले निर्माणको काम ४० प्रतिशतमात्र सकिएकाले हुँदीभन्ज्याङलाई पुनर्निमलन केन्द्रका रूपमा स्थापित गराउन समिति लागिरहेकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।

समितिका वरिष्ठ उपाध्यक्ष असफल गौतमले आत्रेय ऋषिका कुलपुरुष राधु पाध्यायका वंशजले दोस्रो विश्वयुद्धपछि गाउँमा आउने गल्लाहरूको प्रलोभन र तत् समयको परिस्थितिका कारण नामका पछाडि ‘क्षत्री’, ‘बहादुर’, ‘बहादुर क्षत्री’, ‘बहादुर पौडेल’, ‘राइभाट’, ‘रानाभाट’ लेखेर भर्ती भएजस्तै कालान्तरमा दाजुबहिनी नै श्रीमान्–श्रीमती बन्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले हुँदीभन्ज्याङबाटै पूजा थालनी गरिएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया