स्याङ्जा कांग्रेसद्वारा उम्मेदवार सिफारिस: पूर्वमन्त्री धनराज गुरुङ र खुमा अर्यालको नाम दुवै क्षेत्रबाट

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको केन्द्रीय परिपत्र र विधान बमोजिम उम्मेदवारहरूको नाम संकलन गरेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका आकांक्षीहरूको नाम क्षेत्रीय समितिबाट सर्वसम्मत वा प्रक्रियागत रूपमा छनोट गरी सिफारिस गरिएको हो।
यस पटकको उम्मेदवार सिफारिस प्रक्रियामा सबैभन्दा रोचक पक्ष के देखिएको छ भने, पार्टीका केन्द्रीय उपसभापति समेत रहेका पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालको नाम जिल्लाका दुवै निर्वाचन क्षेत्र (क्षेत्र नं. १ र २) बाट प्रत्यक्ष तर्फको उम्मेदवारका रूपमा सिफारिस भएको छ।
क्षेत्र नं. १ को अवस्था
स्याङ्जा क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ कुल ११ जनाको नाम सिफारिस भएको छ। जसमा निवर्तमान सांसद राजु थापा र धनराज गुरुङ, अजित अधिकारी क्षेत्री, गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठ, गोविन्द बहादुर रानाभाट, प्रेमराज पौडेल, बुद्धिबहादुर राना (कुमार), खुमाप्रसाद अर्याल, इन्द्रबहादुर रिजाल, बन्दना लम्साल र भरत राज ढकाल छन्।
त्यस्तै, यस क्षेत्रबाट समानुपातिक तर्फ तुल्सी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलीपाश्री अधिकारीको नाम समावेश गरिएको छ।
क्षेत्र नं. २ को अवस्था
क्षेत्र नं. २ मा पनि आकांक्षीहरूको लामो लर्को लागेको छ। यहाँबाट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसहित १२ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ। सिफारिस सूचीमा भागवतप्रकाश मल्ल, पूर्वमन्त्री धनराज गुरुङ, शेषकान्त पुरी, केदार काफ्ले, खुमाप्रसाद अर्याल, विष्णु पौडेल, युवराज पाण्डे, मोहनप्रसाद पाण्डे, ध्रुवशर्मा पंगेनी, माया राना र श्याम बस्याल रहेका छन्।
यस क्षेत्रको समानुपातिक तर्फ भने समावेशी सिद्धान्तलाई पूर्ण रूपमा पालना गर्दै सिफारिस गरिएको छ। जसमा महिला तर्फ भुमा शर्मा, दलित महिला तर्फ तुलसी नेपाली, जनजाति महिला तर्फ देवका राना र विमला श्रेष्ठको नाम परेको छ। साथै, दलितबाट लिल बहादुर रनपाल र अल्पसंख्यकबाट सूर्य माझीको नाम सिफारिस भएको छ।
सिफारिस प्रक्रिया
केन्द्रको सर्कुलर अनुसार जिल्लाका क्षेत्रीय कार्यसमितिहरूले बैठक बसी आकांक्षी उम्मेदवारहरूको नाम रायसहित माथिल्लो तहमा पठाउने प्रक्रिया पुरा गरेका हुन्। तल्लो तहबाट आएका यी सिफारिसहरू अब जिल्ला र प्रदेश कार्यसमिति हुँदै केन्द्रीय संसदीय बोर्डमा पुग्नेछन्। केन्द्रले जिल्लाको सिफारिस, व्यक्तिको लोकप्रियता र पार्टीमा पुर्याएको योगदानका आधारमा अन्तिम टिकटको टुंगो लगाउने कांग्रेसको विधानमा व्यवस्था छ।








स्याङ्जा कांग्रेसद्वारा उम्मेदवार सिफारिस: पूर्वमन्त्री धनराज गुरुङ र खुमा अर्यालको नाम दुवै क्षेत्रबाट
कास्कीबाट केन्द्रीय सदस्यका आकांक्षीको लर्काे
पोखराको महेन्द्रगुफामा मौरी मेला हुँदै
काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया