आइटिएफ जे ३० वर्ल्ड टेनिस टुरको राउन्ड १६ मा रोमाञ्चक नतिजा

पोखरा । आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरामा ब्वाइज सिंगल्सको राउन्ड अफ १६ का खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएका छन् । शीर्ष सिडिङ प्राप्त खेलाडीले कठिन संघर्षपछि अन्तिम ८ मा स्थान बनाए भने नेपालका २ खेलाडी पनि प्रभावशाली प्रदर्शन गर्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल बने ।
शीर्ष शिडिङ ताइवानका टिङ–हो याङले भारतका प्रतीक शोरण विरुद्ध खराब सुरुआतपछि कमब्याक गर्दै ०–६, ६–३, ६–२ ले जित निकाल्दा चीनका यान्सुओ पानले भारतका शशांक कर्णाटी विरुद्ध ६–२, ६–३ ले जित दर्ता गरे । भारतका अर्श काथुरियाले सिंगापुरका रोबर्ट डोल्यालाई २–६, ७–५, ६–१ ले हराउँदै दिनको ठूलो अपसेट सिर्जना गरे भने चीनका जियालियाङ गुओले भारतका माधव दिक्षितमाथि ६–२, ६–४ को जित हासिल गरे ।
नेपालका प्रणव मनन्धरले भारतका यश कुमारलाई ६–१, ६–१ ले पराजित गर्दै सहजै अन्तिम आठमा प्रवेश गरेका छन् । कोरियाली युल हो जुङले उतार–चढावपूर्ण खेलमा दक्ष दीपक पाटिललाई ६–१, २–६, ६–२ ले रोक्दै क्वार्टरफाइनल स्थान सुनिश्चित गरे ।
श्रीलंकाका गानुका फर्नान्डोले भारतका निकुञ्ज खुरानालाई १–६, ६–२, ६–२ ले हराउँदै अघि बढ्दा नेपालका करन बी थापाले चीनका चुवान डिङलाई सनसनीपूर्ण खेलमा ५–७, ६–४, ७–६(२) ले हराउँदै बुधबारको खेलमा ठूलो जित निकाल्न सफल रहे ।
डबल्सतर्फ कोरिया–भारतको जोडी क्युन्गबिन आन र दक्ष दीपक पाटिलले भारतका माधव दीक्षित र यशकुमारको जोडीलाई ६–४, ६–१ ले हराए भने भारतका प्रतीक शोरण र अनुज अभिजित तसिल्दारले गानुका फर्नान्डो र तेजस रविलाई ६–२, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । कोरियाली ह्योजिन हा र युल हो जुङले रेहान गुणवर्धना र असव सम्राट हाडालाई ६–०, ६–४ ले रोक्दै अघि बढे ।
चीनका जियालियाङ गुओ र जुनलिन सुले शशांक कर्णाटी र करन बी थापा विरुद्ध मेडिकल कारणले वाकओभर पाएपछि सेमिफाइनलमा स्थान बनाए । गल्र्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले भारतीय अनन्या जैनलाई कठिन संघर्षपछि ४–६, ६–१, ७–६(४) ले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाइन् । तेस्रो सेटको टाइब्रेकमा स्वस्तिकाले उच्च धैर्य र संयमता प्रदर्शन गर्दै शानदार जित निकालिन् ।
क्यानडाकी नोरा चौधरी र भारतकी जहनवी तमिनेदीले पहिलो वरीयता प्राप्त भारतीय कर्थिका पद्मकुमार र नेपाली सुनीरा थापामाथि ६–३, १–६, (१०–७) को संघर्षपूर्ण जित हासिल गरे भने शिभाली गुरुङ (नेपाल) र के–चिएह सु (ताइवान) ले भारतकी इशा शर्मा र बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–०, ६–१ ले पराजित गर्दै सहज रूपमा सेमिफाइनलमा पुगे ।
नेपालकी स्वस्तिका विष्ट र नाला अमेरिकाकी जोसेफिन मास्कीको जोडीले चीनकी युनर ची र भारतकी मेहा पाटिललाई ६–४, ६–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्दा तेजस्वी मन्नेनी (भारत) र बोइदेही उकिल (न्युजिल्यान्ड) ले भारतीय जोडी प्रियांशी कठियाल र सताक्षिका सहायकलाई ३–६, ६–४, (१०–८) ले हराउँदै सेमिफाइनल यात्रा पूरा गरे ।
प्रतियोगितामा ब्वाइज डबल्स तथा गल्र्स डबल्सतर्फका खेलसमेत जारी छन् । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीको सहभागिता छ । प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिंगापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीको सहभागिता छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया