ओशोको ९५ औँ जन्म दिवस

ओशो, प्रकृति र वनस्पति

डा अनिल सुवेदी २०८२ मंसिर २५ गते १५:२७

पृष्ठभूमि :
डिसेम्बर ११, १९३१ मा भारतको आन्द्रप्रदेशको कुछवाडा भन्ने गाउँमा जन्मेका चन्द्रमोहन जैन,आधुनिक कालका एक उच्च कोटिका दार्शनिक तथा प्रखर वक्ता थिए। उनले सन् १९५३ मा २१ वर्षको उमेरमा आध्यात्मिक जागरण (Spiritual Awakening) को अनुभव गरे। धेरै वर्ष शिक्षा क्षेत्रमा कार्यरत रहेपछि, १९६६ मा चन्द्रमोहन जैनले जवलपुर विश्वविद्यालयमा दर्शनशास्त्रको व्याख्याताको रूपमा आफ्नो पदबाट राजीनामा दिए र भारतभर यात्रा गरे। उनले मुख्यधारका रूढिवादी प्रायस् सबै धर्महरुलाई अस्वीकार गरे, तिनको कट्टर आलोचक बने। आध्यात्मिक अनुभवलाई धार्मिक सिद्धान्तको कुनै एक प्रणालीमा संगठित गर्न सकिँदैन भन्ने कुरालाई स्पष्ट रूपमा आफ्नो धारणा राख्दै आए।

उनी रजनीश आन्दोलनका संस्थापक बने। पछि गएर उनी रजनीश, आचार्य रजनीश, भगवान रजनीश र ओशोका नामले विश्वभर ख्याती प्राप्त गरे। उनलाई आफ्नो जीवनकालमा नयाँ धार्मिक आन्दोलनका एक विवादास्पद नेताका रूपमा र एक रहस्यवादी आध्यामिक गुरूका रूपमा पनि हेरिन थालियो। उनी ‘सेक्स गुरू’ र ‘धनि मानिसका गुरू’ का रूपमा पनि चिनिन थाले। उनले परम्परागत ध्यान अभ्यासहरूलाई अस्वीकार गर्दै ‘गतिशील ध्यान’ को वकालत गरे र आफ्ना अनुयायीहरूलाई संसारमा पूर्ण रूपमा स्वतन्त्र भई बाँच्न शिक्षा दिए। उनले ‘जोर्बा बुद्ध’ ९व्यचदब तजभ द्यगममजब० को सिद्धान्त र अभ्यासमा जोड दिए। अर्थात् कुनै पनि मानिसले सांसारिक आनन्द र सुखभोग गर्दै आध्यात्मिक जागरण प्राप्ति गर्न सक्छ भन्ने बिश्वास गरे, संदेश दिए, आफ्ना अनुयायीलाई सिकाए।


सन् १९७० मा रजनीशले मुम्बईमा नव (सन्यासी भनेर चिनिने अनुयायीहरूलाई दीक्षा दिँदै समय बिताए। यस अवधिमा, उनले आफ्नो आध्यात्मिक शिक्षा विस्तार गरे र विश्वभरका धार्मिक परम्परा, रहस्यवादी, भक्ति कविहरू र दार्शनिकहरूका लेखहरू बारे प्रवचन मार्फत् व्यापक टिप्पणी गरे। सन् १९८१ मा ओशोले अमेरिकाको ओरेगन राज्यको वास्को काउन्टीमा ‘रजनिशपुरम’ नामक सहर बसाए। तर बिभिन्न कारणले उनी र उनको संस्था स्थानीय जनता र राज्य सरकार संग बिबादमा परे, कानुनी प्रकृया पनि झेल्नु पर्यो। उनको जीवन बिबादास्पद र कष्टकर रह्यो। अन्ततस् सन् १९८६ मा उनि भारतको मम्बईमा छ महिना रहे। त्यसपछि सन् १९८७ मा उनि पुणेमा आफ्नै पुरानो आश्रममा गएर बसे, त्यहिं उनको १९ जनवरी १९९० मा केवल ५९ बर्षको उमेरमा स्वर्गारोहण भयो।

Advertisement


आफ्नो जीवनकालमा ओशोले अनेकौं प्रवचनहरू गरेका छन्, ती प्रवचनका आधारमा ६०० भन्दा बढी पुस्तक प्रकाशित भएका छन् र दर्जनौं श्रब्यदृश्यहरू (अडियो र भिडियो) बनेका छन्। तर उनले आफ्नो प्रवचन र अभियानमा ‘नव आध्यात्मबाद’ र ‘गतिशील ध्यान’ सम्बन्धि बिषयमा मात्र प्रवचन र शिक्षा दिएनन्, उनले मानवले एक तर्फी रूपमा प्रकृतिक स्रोत र वनस्पतिको अति दोहन भएको, वातावरण, पर्यावरणमा असन्तुलन ल्याएको र प्रकृति प्रति अन्याय भएको भनी सो को विरूद्धमा पनि ससक्त आवाज उठाए।


यस लेखमा ओशोका बहुआयामिक व्यक्तित्व, उनले दिएका र वकालत गरेका बिबिध बिषयमा भन्दा पनि प्रकृति, वनस्पति र वातावरण बिनास सम्बन्धि उनले उठान गरेका बिकृतिका मुख्य कारणहरू तथा उनका धारणा र सन्देशहरू बारे जानकारी दिने प्रयास गरिएको छ, यद्यपी ओशो र उनका प्रवचन र धारणा बारे लेख्नु र टिप्पणी गर्नु एक कठिन कार्य हो।

Advertisement

ओशो र वनस्पति :
ओशोले आफ्नो जीवनभर वनस्पतिलाई माया गरे, तिनीहरू सङ्ग गहिरो सम्बन्ध महसुस गरे, तिनीहरूलाई धैर्यता, बुद्धिमत्ता र अन्तरसम्बन्धको उदाहरणको रूपमा हेरे, गहिरो मौन बस्दाका बेला प्रेरणाका स्रोत माने। उनले प्रायः रूखहरूको उपस्थितिमा रहेर र तिनीहरूको सदियौँ लामो विकासबाट प्रेरणा लिएर शान्ति र धैर्य खोज्ने कुरा गरे, र तिनीहरूलाई आध्यात्मिकता जागृत गराउने गुणको स्रोतको रूपमा वकालत गरे।


ओशोका वनस्पतिहरू सङ्गको सम्बन्धलाई निम्नानुसार वर्गीकरण गरी हेर्न सकिन्छ :
वृक्षहरू सङ्गको प्रेमस् ओशोले वनस्पतिहरूले घेरिएको वातावरणमा बसेर रूख बोटबिरूवाहरू प्रति आफ्नो जीवनभर प्रेम व्यक्त गरे।


धैर्य र स्थिरताका प्रेरणास् उनले वनस्पतिहरूलाई गहिरो धैर्य र तिनीहरूको उपस्थितिमा रहनु भनेको आनन्दपन र सन्तुष्टी प्राप्त हुनु हो भन्ने बिश्वास गरे, शिक्षा दिए।

मानिसहरु पृथ्वीका अस्थायी पाहुना मात्रै हुन्—यसलाई फोहोर प्रतीक्षालय हैन, भावी पुस्ताका लागि अझ सुन्दर उपहारको रुपमा छोड्नुपर्छ ।


आध्यात्मिक विकासको प्रतीकस् ओशोले रूखहरूका जराको लामो, जमिन मुनी अदृश्य वृद्धि संगै जमिन माथि हाँगामा फूल फुल्ने प्रक्रियालाई आध्यात्मिक अनुभूतिको गहिरो, लुकेको यात्राको प्रतीक माने र ती सुगन्धित परिणाममा परिणत हुन्छन् भन्ने बिश्वास गरे।


रुखहरु शिक्षकको रूपमा बुद्धि र समझको प्रतीकस् ओशोले रूखहरूको लामो आयु र गहिरो जराहरू भएका कारण यदि मानिसहरूले तिनीहरूलाई साँच्चै ‘ध्यानपूर्वक बुझ्न सके तिनबाट धेरै ज्ञान प्राप्त गर्न सक्ने’ दृष्टीकोण राखे, सो बारे विश्वास गरे, शिक्षा दिए।


भित्री घरको बाटोस् ओशोले यदि हावामा रूखहरूलाई सुन्न सके मानिसले आफ्नो “भित्री घरू (आत्मा) लाई चिन्न सकिन्छ, चिन्ता र व्यस्तताबाट मुक्त भएर ‘आफू को हो’ भन्ने कुराको गहिरो बुझाइमा पुर्‍याउन सक्छ भन्ने शिक्षा दिए।


वनस्पति संग रहनु भगवान सङ्ग निकटता हुनुस् ओशोले विश्वास गर्दथे की रूख बोटबिरुवाहरूसँग निकट रहनु निकै फलदायी हुने गर्छ किनकी तिनीहरू बढ्दै जान्छन्, तिनीहरू एक प्रेरणा बन्छन्, र तिनीहरूको बृद्धि सँगै सम्पूर्ण ऊर्जा माथितिर गईरहेको हुन्छ, र मानिसलाई उर्जाशील र सक्रिय बनाउँछ। माटोको गन्ध संगै बढ्दै गएका बोटबिरुवाहरूको पनि गन्ध, र चराहरूको आवाजबाट प्राप्त आनन्दपनाले आध्यात्मिक विकासको लागि वातावरण सृजना गर्छ र यस्ता प्रकृतिक वातावरण सङ्गको सम्बन्धबाट भगवानको नजिक पुग्न सकिन्छ भन्ने बिश्वास गरे।


बोटबिरुवाको आफ्नै व्यक्तित्व हुन्छस् ओशोले भनेका छन् कि बोटबिरूवालाई पनि उनीहरू प्रति मानिसको ब्यबहार थाहा हुन्छ, उनीहरूले पनि सुन्न सक्छन्। केही रुखहरूको बोक्रामा पनि आँखा हुन्छन् ( अवश्य पनि हामी मानिसको जस्तो होइन, तर पनि रूखहरूमा हेर्न, सुन्न, अनुभव गर्ने क्षमता हुन्छ, उनीहरूमा सम्बेदनशिलता हुन्छ, यी सबैका कारण उनीहरूमा पनि आफ्नै व्यक्तित्वको भाव सृजना हुन्छ।

प्रकृतिको बिनासकर्ताहरु अपराधि हुन् :
ओशोले मानवता, प्रकृति, वातावरण र पारिस्थितिकी प्रणाली प्रति अत्यन्तै ध्यान राख्दथे, वनस्पति सित निकट रहन्थे, तिनको अति दोहन र बिनास प्रति अति दुस्खित हुने गर्दथे र प्रकृतिमा बिकृति ल्याउने र मानिसलाई त्यस्ता बिकृति ल्याउन प्रेरित गर्नेहरू सङ्ग क्रुद्ध हुने गर्थें। प्रकृति र प्राकृतिक स्रोतहरूको दोहन गर्न र बिकृति ल्याउन प्रोत्साहित गर्ने विश्वका सबै मुख्यधारका परम्परावादी धर्महरूलाई दोषी मान्दथे। तिनीहरू अपराधि हुन् भन्ने धारण खुलेर बोल्दथे, खुलेरै कडा विरोध गर्दथे। उनले परम्परागत धर्महरूलाई “प्रकृति विरूद्धका अपराधि” को संज्ञा दिएका छन्।

उनले भनेका छन् – “रूढिवादी धर्मका अपराधहरू धेरै छन्, अनगिन्ती छन्, तर सबैभन्दा ठुलो अपराध भनेको यी धर्मले मानिसलाई अस्तित्वको केन्द्रमा राखेर सम्पूर्ण मानवतालाई प्रकृति र यस धर्तीका सम्पूर्ण प्राकृतिक स्रोतहरू प्रयोग गर्न प्रोत्साहित गरेका छन् किनकी मानवलाई तिमी ईश्वरको सबैभन्दा ठूलो सृष्टि हौ भनी उक्साएका छन्। यहि धार्मिक मान्यता र मानव (उन्मुख दृष्टिकोणले प्रकृतिको अति दोहन भएको छ र विपत्तिहरू सिर्जना गर्न बाध्य पारिएका छन्स यसले पारिस्थितिक सन्तुलनलाई नष्ट गर्न बाध्य बनाएको छस यसले मानिसलाई अहंकारको अनौठो विचार दिन बाध्य पारेको छ” भनी आक्रोस ब्यक्त गर्ने गर्दथे ।


(google.com/mail/u/0/?tab=rm&ogbl#inbox/KtbxLxGSqxgzCHhwMsFFMjrhbfmmcKCkD)
उनले दृढताका साथ भनेका छन् – “विश्वका सबै धर्मका सबै धर्मग्रन्थहरूले मानिसलाई प्रकृति, वनस्पति, जनावर र चराचुरुङ्गीहरूमाथि अनौठो उच्छृंखल काम गर्न प्रोत्साहित गरेका छन्। यसबाट धेरै प्रजातिका वनस्पति, जनावरहरू, चराचुरुङ्गीहरूलाई नष्ट गर्नमा ठुलो योगदान पुर्याएको छ। यिनले बिना कारण लाखौं रूखहरू नष्ट गराएका छन्। उनीहरू कै प्रोत्साहनमा प्रत्येक सेकेन्ड एउटा फुटबल मैदान बराबरका सबै हरियाली, सबै रूखहरू नष्ट हुने गरेका छन्।

यिनै धर्मको छत्रछायाँमा मानवले गर्ने गरेको यो प्रमुख अपराध हो, किनकी यसले मानिसलाई प्रकृति विरुद्ध हिंस्रक बनाएको छ, उसलाई निर्दोष जनावरहरूलाई जित्ने, तिनीहरूलाई नष्ट गर्ने स्वतन्त्रता दिएको छ। यसले मानिसलाई बर्बर बनाएको छ। प्रकृतिको सन्तुलन बिग्रदै गएको छ, मानवले पृथ्वीको सम्पूर्ण पारिस्थितिकी प्रणालीलाई असन्तुलित बनाएको छ। यी सबैको जिम्मेवारी परम्परावादी धर्महरू, तिनका धार्मिक नेताहरू र तिनका अनुयायीहरू हुन्” (Religion: The Crimes Against

Nature and the Environment; OSHO Times Science–https://share.google/75G30fJnxFFDJbbfs)।

प्रदुषण बारे ओशोको धारणा :
ओशोले मानव जातिले गरेको प्रकृतिको विनाशकारी शोषण विरूद्ध र पृथ्वीप्रति आध्यात्मिक सम्मानको आवश्यकतालाई जोड दिँदै प्रदूषण बारे सम्बोधन गरेका छन्। उनले प्रदूषणलाई मानव जातिको प्रकृति प्रतिको गलत, विनाशकारी दृष्टिकोण र स्रोतहरूको एक तर्फी उपभोग र दुरूपयोग हो भनेका छन्। उनले भनेका छन् –


“मानवले प्रकृतिसँग राम्रो व्यवहार गरिरहेको छैन। नदीहरू प्रदूषित भइरहेका छन्, महासागरहरू प्रदूषित भइरहेका छन्, तालहरू मरिरहेका छन्। प्रकृति नष्ट भइरहेको छ। मानिसको सम्पूर्ण दृष्टिकोण गलत छ, यो विनाशकारी छ। मानिसले पृथ्वीबाट लिन्छ मात्र तर कहिल्यै केही फिर्ता गर्दैन। पारिस्थितिक प्रणाली बिग्रिएको छ, परिसंचरण बिग्रिएको छस प्रकृति पूर्ण चक्र हो तर मानिस पूर्ण चक्रमा बाँचिरहेका छैनन्, यदि मानिसले एक हातबाट लिने र अर्को हातबाट दिने गरेमा मानिसले यसलाई नष्ट गर्दैनन्, तर यस्तो गरिरहेका छैनन्, केवल लिइरहेका छन्, त्यसैले सबै स्रोतहरू खर्च भइरहेका छन्। यस्तो ब्यबहारले ढिलोचाँडो मानवजाति यस धर्तीमा बाँच्न सक्षम हुने छैन” (Nature Is Being Destroyed Osho News https://share.google/HTKKfEVRyrwh8jsEr)।


उनले यस पृथ्वीलाई ‘सुन्दर अतिथि गृहू भनेका छन्, र अतिथि गृहमा फोहर गर्नु हुदैन, प्रदुषित गर्न हुदैन, सम्मानजनक दृष्टिकोणले ब्यबहार गर्नु पर्छ भन्ने मान्यता राखेका छन्, अनादर गर्न नहुने बताएका छन्। उनले प्रकाश प्रदूषण (Light Pollution) बाट हुने वातावरणीय समस्या र खतराहरू बारे पनि बोलेका छन्, अन्धकारका सकारात्मक गुणहरूमा फर्कन आग्रह गरेका छन्।

ओशोका समाधानका उपायहरू :
ओशोले केवल समस्याहरू मात्र औंल्याएका छैनन्, समाधानका उपायहरू पनि सुझाएका छन्, जुन निम्नानुसार छन् स्
प्राविधिक समाधानहरूस् ओशोले प्रदूषित हावा र नदीहरूलाई शुद्ध गर्न ‘सुपर(टेक्नोलोजीको’ आवश्यकतालाई दर्शाएका छन्।


आध्यात्मिक र मनोवैज्ञानिक पक्षहरूस् उनले वातावरणीय कल्याणलाई भित्री अवस्थाहरूसँग जोड्दै सुझाव दिएका छन् कि जीवनको अधिक आरामदायी र सचेत तरिकाले विनाशकारी प्रवृत्तिहरूको सामना गर्न आध्यात्मिक ध्यानलाई जोड दिएका छन्।
प्रकृतिसँगको सम्बन्धस् ओशोको सन्देशले मानिसहरूलाई प्राकृतिक संसारसँग पुनस् सम्बन्ध जोड्न र उपभोग्य बस्तुको रूपमा प्राकृतिक स्रोतको उपभोग मात्र नगरी लेनदेनका भावनाले श्रद्धाका साथ व्यवहार गर्न प्रोत्साहित गरेका छन्।

मानव र मानवता प्रकृतिसँग मौलिक रूपमा जोडिएको र एक अर्काका परिपूरकको रूपमा रहेको बताएका छन्। उनले मानिसहरूलाई अप्राकृतिक सामाजिक अवस्थाको सट्टा आफ्नो अन्तर्निहित, प्राकृतिक स्वस् मा विश्वास गर्न र पालना गर्न प्रोत्साहित गरेका छन् । ओशोले भनेका छन् – “प्रकृति आफैंमा एक उत्सव हो र आफ्नो भित्री प्रकृतिसँग जोडिएर ब्रह्माण्डीय नृत्यको हिस्सा बन्न सक्छ, आनन्द र परमानन्द पाउन सकिन्छ”।


उत्सवको रूपमा प्रकृतिस् ओशोले भनेका छन् – “प्रकृति एक अलौकिक उपहारको हो, यो एक माया र आनन्दको उपहार पनि हो” । उनले प्रकृति र संसारलाई उत्सवको रूपमा वर्णन गरेका छन्, जहाँ फूलहरू, इन्द्रेणीहरू, चराहरू र नदीहरूमा प्रतिबिम्बित प्रकाश सबै एक सुन्दर, निरन्तर नृत्यमा भाग लिन्छन्।


भित्री र बाहिरी प्रकृतिस् ओशोले विश्वास गर्दथे कि जब मानिसहरूले प्रकृतिसँग आफ्नो भित्री सम्बन्ध गुमाउँछन्, तिनीहरू पृथ्वी, आकाश र सूर्य जस्ता बाह्य संसारबाट पनि विच्छेदन हुन्छन्। उनले भनेका छन् – “मानिसहरूलाई आफ्नो प्राकृतिक झुकावलाई पछ्याउन र पूर्ण प्रामाणिक व्यक्ति बन्न अरूले दिएका अप्राकृतिक नियम र क्रियाकलापहरू त्याग्नु पर्दछ”। ओशोको लागि प्रकृति जंगली छ, जसले स्वतन्त्रताको मूर्त रूप दिन्छ। साथै आफ्नो आन्तरिक प्रकृतिमा विश्वास गरेमा मानिस ‘ब्रह्माण्डीय प्रकृति’ को नजिक पुग्छन् र तिनीहरूले सिर्जना गर्ने दिव्य स्रोतसँगको आफ्नो सम्बन्ध महसुस गर्न सक्छन्।

जलवायु परिवर्तन बारे ओशोको भनाइ:
जब विश्वका वैज्ञानिकहरू लगायत अन्य कसैले पनि जलवायु परिवर्तनबको समस्या तथा यो समस्या यस ग्रहका निम्ति एक ठुलो चुनौती बनेर आउनेछ भन्ने कुरा खासै पहिचान गरिसकेका थिएनन्, त्यो अघि नै सन् १९८८ मा ओशोले “विश्व तापमान बृद्धि र जलवायु परिवर्तन” बारेमा बोलेका थिए, उनले भनेका थिए –


मानिसले जुन कार्बन डाइअक्साइड छोड्छन्, त्यो वन वृक्षहरूले सास फेर्छन्। यदि यी वनवृक्षहरू नभएका भए पहिले नै वायुमण्डलमा धेरै नै कार्बन डाइअक्साइड निरन्तर जम्मा भइरहेका हुन्थे र यसको प्रभाव पृथ्वीमा जताततै महसुस भइ सकेको हुन्थ्यो। त्यो कार्बन डाइअक्साइडको कारणले वायुमण्डलको तापक्रम धेरै पहिला नै निकै बढि सकेको हुन्थ्यो। हिमालयको अनन्त बरफ पग्लन थाली सकेका हुन्थे। त्यसपछि सबै महासागरहरू बीस फिट माथि उठी सक्ने थिए र विश्वका सबै तटीय शहरहरू डुबि सक्ने थिए। तर मानिसले यो बुझेका छैनन्, कुनै पनि बुझाइ बिना रूखहरू काटिँदै छन् । ( http://www.osho.com/read/osho/vision/the-greatest-challenge-the-golden-future/interdependence-is-our-reality)


अन्तमा,
ओशो सधैँ प्रकृति, वनस्पति र स्वच्छ वातावरणको सामिप्यतामा रहे। उनले भौतिक सुविधाको उपभोगका साथ साथै आध्यात्मिक चेतना र जागरणमा वकालत गरे, सचेत दृष्टिकोणलाई प्रोत्साहित गरे, मानिसहरू पृथ्वीका अस्थायी पाहुना हुन् र यसलाई डिस्पोजेबल प्रतीक्षालयको रूपमा व्यवहार गर्नुको सट्टा भविष्यका पुस्ताहरूका लागि यसलाई अझ सुन्दर र सुगन्धित छोड्नुपर्छ भन्ने प्रचार गरे। ओशोले प्रकृतिको विनाशलाई मानवताको लागि सुस्त आत्महत्याको रूपमा पनि व्याख्या गरे।


मानवताको पारिस्थितिक विनाशले मानव आफ्नै अन्त्यतिर लैजाने दृष्टिकोण राखे। उनको दर्शनले बोझ होइन, सुन्दरतालाई जोगाएर भावी पुस्तालाई ती प्राकृतिक सुन्दरता र सम्पदाहरू छोड्नु पर्ने सुझाव दिए, र मानवको जिम्मेवारी आनन्दका साथ बाँच्नु र भावी पुस्ताका अनुशरणकर्ताहरूका लागि फूल र गीतको विरासत छोड्नु पर्ने भन्ने शिक्षा दिए। अव्यवस्था छोड्नुको सट्टा, ओशोले मानिसहरूलाई नृत्यको रूपमा जीवन बिताउन र भावी पुस्ताका लागि फूलहरू र आनन्दको सुगन्ध छोड्न प्रोत्साहित गरे।


ओशो आफ्नो जीवनकालमा जति बिबादित भए, ती भन्दा असंख्य गुणा बढी ओशोका दिव्य शिक्षा कालजयी हुनेछन् र उनका दर्शन विश्वका बहुसंख्यक मानिसले अनुशरण गर्नेछन्।

सन्दर्भ सामाग्री :

Osho, The Book of Wisdom, Ch 24, Q 1

.http://www.osho.com/read/osho/vision/the-greatest-challenge-the-golden-future/interdependence-is-our-reality

https://share.google/75G30fJnxFFDJbbfs

 https://share.google/NamJRrhpKsv70vaat

https://share.google/gQoOCLEMPUHjwR03r

https://share.google/qHOPsWupZ9XwBPic4

अस्तु

तपाईको प्रतिक्रिया