पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

समाधान संवाददाता २०८२ मंसिर २५ गते १५:५२

पोखरा ।
पोखरामा १०औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजनामा महोत्सव भएको हो ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले नेपालका हिमाल र वातावरणमा प्रत्यक्ष प्रभाव परेको बताए । अन्य देशमा भएको फोहोर नेपालले प्रत्यक्ष असर भोग्नुपरेकाे उनले चिन्ता व्यक्त गरे ।


जलवायु परिवर्तनले बेमौसमी बाढी पहिरोको जाने गरेको बताउँदै उनले कार्यक्रमको माध्यमबाट जनचेतना फैलाउन र विश्वको ध्यान केन्द्रित गर्न मद्दत पुग्ने बताए ।

Advertisement


मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई थप आकर्षक बनाउन प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको जानकारी दिए । संग्रहालय नजिकै पार्क निमार्ण गर्ने तथा हर्पन खोलाको मुहानमा सेल्फि ब्रिज बनाइने योजना रहेको उनले सुनाए ।


‘कति पर्यटक पोखरा आए भन्दा पनि कति खर्च भन्ने महत्वपूर्ण कुरा हो । त्यसका लागि बसाईं लम्बाउन आवश्वक छ । फेवाताल वरिपरी पदमार्ग निर्माण गरिने योजना अघि बढेको छ । साथै रुपा गाउँपालिकामा ग्रास ब्रिजका लागि सम्भावना अध्ययन गरिंदै छ,’ पाण्डेले भने ।

Advertisement


गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले विकसित राष्ट्रले गरेको कार्बन उत्र्सजनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले हिमालमा देखिएको असरले पर्यटकको संख्यामा समेत कमी आएको बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा प्रभाव परिरहेको बताउदै यसलाई विश्वको ध्यान आकर्षित गर्न आवश्यकता रहेको औंल्याए ।


पोखरा १७ रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु भएको महोत्सव ३ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानले जानकारी दिइन् ।


महोत्सवमा हिमाल आरोहणमा आवश्यक सामग्री, दैनिक उपभोग्य वस्तु र सेवा समावेशलगायत प्रदर्शनीमा राखिएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डे, महासचिव राजेन्द्र बहादुर लामा लगायतले नेपाको हिमाली भेग, हिमताल तथा सिंगो प्रकृति नै जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको प्रती चिन्ता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया