पोखरा रोयल सहकारीले पायो राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र
समाधान संवाददाता
२०८२ मंसिर २५ गते १६:०४

पोखरा ।
पोखरा महानगरपालिका १० बुद्धचाेकमा रहेकाे पोखरा रोयल बचत तथा ऋण सहकारीले सञ्चालन इजाजतपत्र पाएकाे छ ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले इजाजतपत्र प्रदान गरेकाे हाे । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले इजाजतपत्र नं. ००००२ प्राप्त गरेको छ ।
प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरेको थियो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि बुधबार(२४ गते) देखि सञ्चालन इजाजतपत्र जारी गर्न सुरु गरेको प्राधिकरण अध्यक्ष डा खगराज शर्माले जानकारी दिए।
हालसम्म १ सय १३ वटा सहकारीले सम्पूर्ण प्रक्रिया पुरा गरेको उनले बताए । ती संस्थाहरुको क्रमश इजाजतपत्र अनलाइन सिस्टमबाटै जारी हुने उनले बताए । गण्डकी प्रदेशबाट १७ वटा सहकारीले दर्ता प्रक्रिया पुरा गरेको अध्यक्ष शर्माले बताए।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया