टेवानमा सचेतना

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो आठौं स्थापना दिवसको अवसरमा बुधबार महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्दै सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अधिवक्ता तारा शर्माले महिला हिंसा न्यूनीकरण गर्न महिलाको पनि उत्तिकै भूमिका हुने बताइन् ।
‘पुरुषलाई मात्रै गाली गरेर महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘प्राप्त अधिकारको दुरुपयोग होइन, सदुपयोग गर्दै सबै पक्ष मिलेर महिला हिंसा अन्त्य गर्नुपर्छ ।’ टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षत्रीले संस्थाको गतिविधिले पर्यटनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि गर्न योगदान पुर्याएको बताइन् ।
‘महिलामाथि हुने विभेद सहने होइन, उजागर गर्ने हो,’ उनले भनिन्, ‘महिला हिंसा अन्त्य गर्न पुरुषले पनि साथ दिनुपर्छ ।’ टेवान अध्यक्ष शोभा पाण्डेले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको अवसर पारेर सचेतना कार्यक्रम आयोजना गरेको बताइन् ।
टेवान महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक जयादेवी तिवारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया