निर्वाचन आयोगको प्रतिवेदन पेस

पोखरा ।
निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे ।
प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा आयोग लागिपरेको बताए । निर्वाचन कार्यक्रम प्रकाशन गरी अहिले मतदाता नामावली अद्यावधिक काम भइरहेको बताउँदै उनले आयोग एकै चरणमा निर्वाचन गर्न तयार रहेको उल्लेख गरे ।
ढकालले गण्डकीमा मतदाता संख्या १६ लाख ६२ हजार २ सय ४६ रहेको जानकारी दिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया