‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’

पोखरा ।
नेकपा (एमाले) को ११औँ महाधिवेशनको संघारमा गण्डकी प्रदेशका इन्चार्ज एवं स्थायी कमिटी सदस्य किरण गुरुङले पदाधिकारीमा आफ्नो बलियो दाबी पेस गरेका छन् । विगतका महाधिवेशनमा नेतृत्वको दौडमा पछि परेका गुरुङले यसपटक कुनै पनि हालतमा पछि नहट्ने सन्देश दिँदै ‘उपाध्यक्ष’ पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । गुरुङले आसन्न महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीभित्र लामो योगदान गरेका र सिनियर नेताको छवि बनाएका गुरुङले यसपटक आफूलाई उपाध्यक्षभन्दा तलको पद मान्य नहुने स्पष्ट पारेका हुन् ।
विशेषगरी ९ औँ र १०औँ महाधिवेशनका तीता अनुभवहरू सम्झँदै उनले यसपटक आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् । ‘समाधान’ सँग कुरा गर्दै गुरुङले आफ्नो उम्मेदवारी र विगतको घटनाक्रमबारे खुलाए । ‘म ९औँ महाधिवेशनमा उपाध्यक्षमा उठेको थिएँ, तर सफल हुन सकिनँ,’ उनले भने । त्यसपछिको १०औँ महाधिवेशनमा (चितवन महाधिवेशन) पार्टीभित्र देखिएको विशिष्ट परिस्थितिका कारण ‘सर्वसम्मत’ नेतृत्व चयनको अभ्यास गरियो । सो क्रममा आफूले त्याग गरेको र नेतृत्वमा अटाउन नसकेको गुरुङले सुनाए ।
‘१०औँ महाधिवेशनमा सर्वसम्मत गर्ने भन्दाभन्दै मेरो व्यवस्थापन भएन,’ गुरुङले भने, ‘त्यसैले अहिले ११औँ महाधिवेशनमा म उपाध्यक्षमै उठ्छु । यो मेरो बटमलाइन हो ।’ एमालेभित्र गुटगत समीकरणको चर्चा चलिरहँदा किरण गुरुङले आफू अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षबाटै उम्मेदवार बन्ने स्पष्ट पारेका छन् । उनले पार्टी अध्यक्षसँग आफ्नो दाबी स्वभाविक रहेको र यसपटक आफ्नो पालो आएको बताए । ‘म दायाँ–बायाँ लाग्दिनँ, अहिलेको संस्थापन पक्ष (ओली क्याम्प) बाटै मेरो उम्मेदवारी रहन्छ,’ उनले भने । गुरुङसँगै गण्डकीबाटै अर्का नेता पृथ्वीसुब्बा गुरुङ महासचिवको दौडमा छन् । स्थायीकमिटी सदस्य खगराज अधिकारी, पद्यमा अर्याल, जगत विक, पदम गिरी सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया