पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा

पोखरा । पोखरामा १० औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजनामा महोत्सव भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले नेपालका हिमाल र वातावरणमा प्रत्यक्ष प्रभाव परेको बताए । अन्य देशमा भएको फोहोर नेपालले प्रत्यक्ष असर भोगिरहेकोमा उनले चिन्ता व्यक्त गरे ।
जलवायु परिवर्तनले बेमौसमी बाढी पहिरोको जाने गरेको बताउँदै उनले कार्यक्रमको माध्यमबाट जनचेतना फैलाउन र विश्वको ध्यान केन्द्रित गर्न मद्दत पुग्ने बताए । मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई थप आकर्षक बनाउन प्रदेश सरकारले यस वर्ष २ करोड बजेट विनियोजन गरेको जानकारी दिए । संग्रहालयमा बोटानिकल गार्डेन निमार्ण गर्ने र पर्यटकलाई थप एक दिन बसाइँ लम्ब्याउने उनको भनाइ छ ।
‘कति पर्यटक पोखरा आएभन्दा पनि कति खर्च भन्ने महत्वपूर्ण कुरा हो । त्यसका लागि बसाईं लम्बाउन आवश्वक छ । फेवातालवरिपरी पदमार्ग निर्माण गरिने योजना अघि बढेको छ । साथै, रुपातालमा पनि ग्लासब्रिजका लागि सम्भावना अध्ययन गरिंदै छ,’ पाण्डेले भने ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले विकसित राष्ट्रले गरेको कार्बन उत्र्सजनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले हिमालमा देखिएको असरले पर्यटकको संख्यामा समेत कमी आएको बताए ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फूर गेल्जे शेर्पाले जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा प्रभाव परिरहेको बताउँदै यसलाई विश्वको ध्यान आकर्षित गर्न आवश्यकता रहेको औंल्याए । पोखरा १७ रातोपैरा स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु भएको महोत्सव ३ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानले जानकारी दिइन् ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पौडेल, महासचिव राजेन्द्रबहादुर लामा लगायतले नेपालको हिमाली भेग, हिमताल तथा सिंगो प्रकृति नै जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको जनाएका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया