राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ७ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्न लागेको हो ।
बैंकले उपदान तथा पेन्सन कोषको ६ अर्ब ६० करोड रुपैयाँ लिन चाहने बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्तावसहित मंसिर २९ गतेभित्र आवेदन दिन आह्वान गरेको छ । यो रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैंकमा ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ लगानी गरिने सूचनामा उल्लेख छ ।
यसैगरी, कर्मचारी सुरक्षण कोषको १ अर्ब रुपैयाँका लागि भने आज (मंसिर २७ गते) सम्म आवेदन दिन भनिएको छ । यसअन्तर्गत वाणिज्य बैंकमा ८० करोड, विकास बैंकमा १५ करोड र वित्त कम्पनीमा ५ करोड रुपैयाँ लगानी गर्ने योजना छ ।
लगानीका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने राष्ट्र बैंकको सर्त छ । त्यस्तै, तोकिएको न्यूनतम कुल पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया