भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो

काठमाडौं । भिजिट भिसा तस्करी प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मात्रै भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको भोलिपल्टै अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यद्वय नारायणप्रसाद पौडेल र दिल्लीरत्न श्रेष्ठको इजलासमा थुनछेक बहस भएको थियो । आदेश दिने क्रममा न्यायाधीशहरूबीच राय बाझिएको छ । अध्यक्ष भट्ट र सदस्य पौडेलको बहुमत रायले भट्टराईसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको हो । तर, सदस्य न्यायाधीश श्रेष्ठले भने अभियोग गम्भीर रहेको भन्दै मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका छन् । बहुमत न्यायाधीशको राय कायम हुने भएकाले भट्टराईले धरौटी बुझाएमा थुनामुक्त हुनेछन् ।
सहसचिव भट्टराई गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागमा निर्देशक रहँदा भिजिट भिसाको सेटिङमा संलग्न भई गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ । बिहीबार दायर गरिएको आरोपपत्रमा उनीसहित अध्यागमनका तत्कालीन अधिकृतहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सेटिङमा भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने गिरोह सक्रिय रहेको र त्यसमा सरकारी कर्मचारीकै मिलेमतो रहेको गुनासो बढेपछि अख्तियारले छानबिन थालेको थियो । अनुसन्धानका क्रममा भट्टराईले पदको दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति जोडेको र त्यसको स्रोत खुलाउन नसकेको अख्तियारको दाबी छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया