नेपाल शिक्षक संघ हरिनासको प्रतिनिधि सभा

समाधान संवाददाता २०८२ मंसिर २७ गते १९:०८

पोखरा ।
स्याङ्जाको हरिनास गाउँपालिका – १ सालडाँडामा शनिबार नेपाल शिक्षक संघ हरिनास गाउँ कार्य समितिको सातौं प्रतिनिधि सभा भएको छ ।


संविधान सभा सदस्य तथा नेपाली कांगेस स्याङ्जाका सभापति राजु थापाको उपस्थितीमा संघले शिक्षक सम्मानसहित विदाइ कार्यक्रम गरी प्रतिनिधि सभा गरेको हो । कार्यक्रममा बढुवा भएका शिक्षक गोपालप्रसाद शर्मा र शिक्षिका कमला रानालाई बधाईसहित सम्मान गरेको हो । यस्तै सेवा निवृत्त भएका शिक्षकहरु दिननाथ शर्मा पौडेल, ध्रुवप्रसाद लम्साल, भीमबहादुर गुरुङ र शिक्षिका धनकुमारी रानालाई बिदाईसहित सम्मान गरिएको थियो ।


संविधान सभा सदस्य राजु थापाले जेन जी आन्दोलनपछिको परिस्थितीमा सबै मिलेर देश बनाउनुपर्ने बेला आएको बताए । शिक्षक संघ प्रजातन्त्र तथा लोकतन्त्रप्रति प्रतिवद्ध शिक्षकहरुको पेशागत संगठन भएकाले सोही अनुसार शिक्षा क्षेत्रमा काम गर्न आवश्यक रहेको उनको भनाइ थियो । शिक्षा र शिक्षकका मुद्दा, विगतमा भएका आन्दोलनका चरण, जटिलता, चुनौती र समस्या समाधानका लागि उनले समर्थन जनाए ।

Advertisement


कार्यक्रममा नेपाल शिक्षक संघ, स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य अजित क्षेत्री, हरिनास गाउँपालिका १ का वडाध्यक्ष ईन्द्रबहादुर गुरुङ, वडा सदस्य प्रेमबहादुर मानन्धर, हरिनास ५ का वडाध्यक्ष निर्मल लम्साल, नेपाली कांग्रेस हरिनास गापा अध्यक्ष टोपबहादुर भुजेल, नेका विरुवा गापा अध्यक्ष डोलराज पोख्रेललगायतले शिक्षकहरुको पेशागत हकहित र शैक्षिण गुणस्तरका सवालमा एक भएर लाग्न सुझाव दिएका थिए ।


नेपाल शिक्षक संघ हरिनास गाउँ कार्य समितिका अध्यक्ष सुरज मानन्धरले नीति र कार्यक्रम विवरण प्रस्तुत गरेका थिए । उनले शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने, शिक्षक पेशालाई मर्यादित पेशा बनाउन शिक्षकलाई थप सुविधा प्रदान गर्नुपर्ने बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया