आदर्श कप माघको दोस्रो साता

लेखनाथ । आदर्श युवा क्लब पोखरा २९ भण्डारढिकले २५ औं आदर्श कप २०८१ को आयव्यय सार्वजनिक गरेको छ । समारोहमा २६ औं आदर्श कप माघ ९ देखि १६ गतेसम्म भण्डारढिक खेलमैदानमा गर्ने घोषणासमेत गरियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङले भण्डारढिक खेलमैदानसँग बाल्य कालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै निर्माणाधीन संरचनालाई पूर्णता दिन आगामी बजेटमार्फत पहल गर्ने आश्वासन दिए । क्लबका अध्यक्ष पदम गुरुङले स्थापना कालदेखि नै भण्डारढिक खेलमैदानमा फुटबल लगायतका विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको स्मरण गरे ।
अध्यक्ष गुरुङले विभिन्न संघ, संस्था तथा सहयोगीबाट समय समयमा प्राप्त आर्थिक सहयोगका कारण खेलमैदान संरक्षण सम्भव भएको उल्लेख गर्दै खेलाडी उत्पादन, प्रवद्र्धन र संरक्षणमा क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए । संस्थाका आर्थिक संयोजक विष्णु हमालका अनुसार प्रतियोगिताबाट अघिल्लो संस्करणमा विभिन्न शीर्षकमा ४१ लाख ७७ हजार ३ सय १ रुपैयाँ आम्दानी हुँदा खर्च ३३ लाख ९७ हजार ३ सय ७७ रुपैयाँ भएको छ ।
क्लबले ७ लाख ७९ हजार ९२४ रुपैयाँ बचत गरेको कार्यक्रममा जानकारी दिइयो । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले टिकट बिक्रीबाट उठेको रकममध्ये २५ हजार मञ्चको अक्षयकोष वृद्धिका लागि हस्तान्तरण गरिएकोमा क्लबलाई धन्यवाद दिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, पूर्वअध्यक्ष विजय गुरुङ, कानुनी सल्लाहकार अधिवक्ता मदनप्रसाद तिवारी, रोजगार प्रवद्र्धन प्रतिनिधि चन्द्रिका पौडेल, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव गंगा मल्ल, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष चिनबहादुर गुरुङ, नवज्योति आमा समूहकी अध्यक्ष बुद्धिकुमारी गुरुङ, संयुक्त भूपू गोर्खा क्लबका अध्यक्ष जंगबहादुर गुरुङ, क्लबका सचिव सन्तोष गुरुङ लगायतले बोलेका थिए ।








नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
कनेक्टिभिटी, सिँचाइ र पर्यटन बिना नेपाल अगाडि बढ्दैन : मन्त्री कुलमान घिसिङ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया