जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा

पोखरा । पोखरामा जारी जेपी क्रस विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको छात्रतर्फ पोखरा युनाइटेड एकेडेमी फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा टप्स बोर्डिङ स्कुललाई ३२–१९ को फराकिलो अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि भिडन्त पक्का गरेको हो ।
अब उपाधिका लागि युनाइटेडले अल्फा बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्नेछ । अल्फाले सेमिफाइनलमा मनकामना बोर्डिङ स्कुललाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल आइतबार बिहान ८ बजेदेखि पोखरा रंगशालामा हुनेछ ।
टप्सविरुद्धको खेलमा युनाइटेडले सुरुदेखि नै दबाब कायम राखेको थियो । उत्कृष्ट टिमवर्क र सशक्त प्रदर्शनका कारण टोली १३ अंकको स्पष्ट अन्तरसहित विजयी भयो । गत वर्षको प्रतियोगितामा तृतीय स्थानमा सीमित भएको युनाइटेडले यस वर्ष आफ्नो प्रदर्शनमा सुधार गर्दै फाइनल यात्रा तय गरेको हो ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा गत मंसिर २४ गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १८ टिमको सहभागिता छ । पोखरा रंगशाला र रामघाटस्थित पुन समाज भवनमा खेलहरू सञ्चालन भइरहेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा १०१ वर्षीय बास्केटबल प्रेमी जेपी क्रस रहेका छन् । विद्यालयस्तरीय खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया