शुभप्रभात सहकारीमा विश्वको नेतृत्व

पोखरा । शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार भएको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले विश्व श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक चयन गरेको छ ।
समिति उपाध्यक्षमा वीरेन्द्रबहादुर कुँवर, सचिव मानबहादुर कुँवर तथा कोषाध्यक्षमा सञ्जीवप्रकाश बिजुक्छे चयन भए । सदस्यमा राजकुमार खाँड, राजीव खिचाजु, ईन्द्रकुमारी श्रेष्ठ, निर्मल खाँड ठकुरी र सूर्यलक्ष्मी श्रेष्ठ छन् । अधिवेशनले सुजितकुमार बिजुक्छे संयोजक तथा कामना खाँड र कविन्द्र खाँड सदस्य रहेको लेखा सुपरीवेक्षण समिति पनि गठन गरेको छ ।
शिवकुमार कुवँर संयोजक वसन्तबहादुर कुवँर र उपेन्द्रकुमार श्रेष्ठ सदस्य रहेको निर्वाचन उपसमितिले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रमा संस्थाका अध्यक्ष सञ्जय कुवँर खाँडले भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरे । लेखा सुपरीवेक्षण समिति संयोजक सुजितकुमार बिजुक्छेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकोमा छलफलसहित अनुमोदन भयो ।
त्यस अवसरमा उत्कृष्ट बचतकर्ताका रुपमा त्रैलोक्यलक्ष्मी श्रेष्ठ र उत्कृष्ट कारोबारीतर्फ श्रद्धा श्रेष्ठ सम्मानित भए । २०८२ मा १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई समेतसम्मान गरियो । संस्थाका अध्यक्ष सञ्जय कुवँर खाँडको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव मानबहादुर कुवँरले सञ्चालन गरे ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया