नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन

समाधान संवाददाता २०८२ मंसिर २८ गते १३:११

पोखरा । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समिति पोखरा कास्कीले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको समितिका अध्यक्ष कमलबहादुर पाण्डेले जानकारी दिए ।

Advertisement

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नयाँ सम्भावनाको खोजी गर्दै पोखराका आएका धादिङेको पोखराको समग्र विकास र कांग्रेसको संगठन सुदृढिकरणमा योगदान रहेको बताए । नेता तथा कार्यकर्तालाई उत्पादनमा जोड्न सुझाव दिदै उनले स्थानीय उत्पादनको बजारीकरण गर्न आग्रह गरे । उनले उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न अनुरोध गरे । अनुशासन कायम गरेर कांग्रेसलाई बलियो बनाउने उल्लेख गर्दै उनले सार्वजनिक सरोकारको विषयमा पार्टीलाई जोड्ने जानकारी दिए ।

समितिका अध्यक्ष पाण्डेले विगत १० वर्षदेखि नियमित रुपमा रक्तदान गर्दै आएको बताए । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भएको कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ, नेकपा (एमाले) धादिङ पोखरा सम्पर्क मञ्चका अध्यक्ष रामकुमार घिमिरे, नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका संस्थापक अध्यक्ष केदार धमला, पूर्व अध्यक्ष लालप्रसाद पाठक, सचिव श्यामबहादुर इटनी, कोषाध्यक्ष लालप्रसाद ढकाल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया