उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको अर्घौ कृषि सहकारी संस्थाले आफनो लागनी उत्पादनतर्फ गर्ने निधो गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभाका अधिकांश वक्ताले सेयर सदस्यको आयआर्जन वृद्धि गर्नका लागि कृषि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।
संस्थाले नाम सुहाउँदो उपयुक्त कृषि फर्म सञ्चालन गर्ने योजनासमेत अघि बढाएको छ । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य गणेशभत्त अधिकारीले हरेक सहकारीले स्थानीय हावापानी र सम्भाव्य ठाउँ खोजी गरी एक सहकारी एक उत्पादनलाई अगाडि बढाउन सके सहकारी क्षेत्रमा समस्या नआउने जनाए ।
संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायणदत्त बस्ताकोटी, सेयर सदस्य नेत्रपाणि बास्तोला, विष्णुकुमारी खत्री, उपाध्यक्ष पार्वती सिग्देल लगायतले बोलेका थिए ।
समारोहमा ज्येष्ठ सेयर सदस्यहरु मंगली कामी र रुद्रप्रसाद दाहाल साथै सेयर सदस्य हरि बस्ताकोटी, लेखनाथ उद्योग बाणिज्य संघको कोषाध्यक्ष र प्रभाकुमारी पौडेल सदस्यमा निर्वाचित भएकाले सम्मान गरिएको छ । सभाले सचिव हरिबहादुर लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकान्त अधिकारीको आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य इन्दिरा ढुंगानाको लेखा प्रतिवेदनको प्रतिवेदन पारित गरेको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया