प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु

समाधान संवाददाता २०८२ मंसिर २८ गते १३:१८
filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 138.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

पोखरा । पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । आइतबारसम्म चल्ने उत्सवमा ५०, १००, २००, ४००, ८०० मिटर दौड, छात्र/छात्रा रिले दौड , हाइजम्प छात्र/छात्रा, लङजम्प लगायतका खेल भएका छन् ।


विद्यालयका सूचना अधिकारी जयराम पौडेलले फुटबल, ह्यान्डबल छात्र÷छात्रा, बास्केटवल छात्र÷छात्रा, ब्याडमिन्टन छात्र÷छात्रा सिंगल एन्ड डबलतर्फ पहिलो चरणका खेल सकिएको जानकारी दिए । कक्षा ४ र ५ को रिले छात्रातर्फ आस्था गुरूङ, संस्कृति आचार्य, दिती बानिया र स्वस्तीका सुनार प्रथम बने ।

प्रार्थना राना, सम्भवी काफ्ले, अमना आले र युनिका परियार द्वितीय, देविना गुरुङ, सृष्टिका ढकाल, सुविना केसी र आरोही पुन तृतीय भएका छन् । कक्षा ६ र ७ कोहाइजम्प छात्रमा सुवास राना प्रथम, प्रनिम गुरुङ, द्वितीय र प्रभात गुरुङ तृतीय भए । कक्षा ८, ९ र १० तर्फ आर्यन सुनार प्रथम, सुजल गुरु द्वितीय, कुशल परियार तृतीय बने ।

Advertisement

कक्षा ४ र ५ को २ सय मिटर दौड छात्रतर्फ विवश सुनार प्रथम, प्याट्रिक बास्तोला द्वितीय, विश्वास भट्टराई तृतीय भए । कक्षा ८, ९, १० को छात्र ८ सय मिटरमा समिर वरुवाल प्रथम,उमगं घर्ती द्वीतिय, निर्जन चोचागे तृतीय भए । कक्षा ११ र १२ को हाइजम्प छात्रमा सोहन नेपाली प्रथम, प्रज्वल केसी द्वितीय, आशीष घले तृतीय, कक्षा ८, ९, १० को २ सय मिटर दौड सलिना पुर्जा प्रथम, सजना पौडेल द्वीतिय, समीक्षा नेपाली तृतीय, कक्षा ११ र १२ १ सय मिटरतर्फ सोहन नेपाली प्रथम, स्मिथ भट्टराई द्वितीय र प्रज्वल केसी तृतीय भए ।

कक्षा ४ र ५ को २ सय मिटर छात्राा आरोही पुन प्रथम, दिती बानिया द्वितीय र प्रिया राना तृतीय भए । कक्षा ४ र ५ को रिले छात्रमा दिपेश कँडेल, दिप्सन थापा, रिदम घले, विवश सुनार प्रथम, सोहित परियार, अनुराग न्यौपाने, कृष खत्री र पेट्रिक बास्तोला द्वितीय, प्रतीक पौडेल, प्रनिश कार्की, सार्थक क्षेत्री र मन्नत थापा तृतीय भएका छन् ।

Advertisement

सो अवसरमा कक्षा ४ देखि ६ का विद्यार्थीले पिटी डिल प्रदर्शन गरेका थिए । मार्च पासमा धौलागिरी सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र माछापुच्छ्रे तृतीय भएका छन् । महोत्सव उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्माले विद्यार्थीको चौतफी विकासका लागि खेलकुद आवश्यक रहेको बताए । उनले विद्यालय स्तरमा हुने खेल कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्व्स्थ बनाउने बताए ।
कार्यक्रममा प्यावब्सन कास्की अध्यक्ष षडानन्द गौतमले पोखराको शैक्षिक क्षेत्रमा विद्यालयले पु¥याएको योगदानको प्रशंसा गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया