पुष्प सदन एकेडेमीको अभिभावक दिवस

पोखरा । पुष्प सदन एकेडेमी पोखरा १२ फूलबारीको ३८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार भएको छ । कार्यक्रममा नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको बताए ।
‘अब विद्यार्थीलाई कक्षाकोठामा मात्रै सीमित गरेर पढाएको शिक्षाले गुणस्तर वृद्धि गर्न सकिँदैन’, अध्यक्ष अधिकारीले भने, ‘शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि प्राक्टिल, नैतिक र व्यवहारिक ज्ञान दिने खालको शिक्षा आवश्यकता छ, त्यो यो विद्यालयमा छ ।’
परिवार, समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्ने क्षमता विद्यार्थीमा भएकाले विद्यार्थीले आफ्नो पढाईलाई प्रविधि र आयआर्जनको क्षेत्रसँग जोड्नुपर्ने उनको भनाइ छ । नेसनल प्याब्सन कास्की उपाध्यक्ष मनकाजी गुरुङले निजी विद्यालयमा आएका विभिन्न चुनौतीका बाबजुद पनि विद्यालयल अझै व्यवस्थित बनाउँदै लगेकोमा खुसी व्यक्त गरे ।
‘शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले ल्याएका योजनाहरु उत्कृष्ट छन्’, उपाध्यक्ष गुरुङले भने, ‘विद्यालयले ल्याएका योजनालाई विद्यार्थीलाई परिपालन गर्दै गएका उत्कृष्ट विद्यालय बन्नेछ ।’ कार्यक्रममा २०८२ सालको स्पोर्ट मिट, तिज नृत्य प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, २०८१ को शैक्षिक पुरस्कार एसइई २०८१ का विद्यार्थी पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
पुष्प सदन एकेडेमीका संस्थापक अध्यक्ष अजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य टीकाराम गुरुङ, सिमला आधारभूत विद्यालयका प्रधानाध्यापक देवेन्द्रराज परियार, पुष्प सदन एकेडेमीका सहायक प्रधानाध्यापक मञ्जु पहारी थापा, विद्यालय कोअर्डिनेटर अर्जुन पौडेल, विद्यार्थी प्रज्ञा सापकोटा, शिक्षकद्वय शोभा पौडेल र प्रतिक्षा सेढाईले बोलेका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया