ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग

पोखरा । सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ग्रासरुट टेनिस प्रशिक्षणलाई सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले २ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण गरिब तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिव नवीन चालिसेले बताए ।
यो कार्यक्रमलाई बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको छ । यो सहयोगले गरिब तथा विपन्न वर्गका बालबालिकाको टेनिसमार्फत जीवनस्तर उठाउनेसँगै सामाजमा अनुशासित नागरिक उत्पादन समेत सहयोग पुग्ने उनले अपेक्षा गरे ।
शनिबार पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा लेकसाइड स्थित बैंकका शाखा प्रवन्धक अनिरुद्र बरालले ग्रासरुट प्रशिक्षणमा रहेका ३० बालबालिकालाई न्यानो पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गरे । सो अवसरमा उनले गण्डकी टेनिसले टेनिसमार्फत बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेकोले बैंकले सहकार्य गरेको बताए ।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव लक्ष्मण बरालले समेत आफ्ना भनाइ राखेका थिए ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया