विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको निर्णय उल्टाउँदै पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको छ । पार्टीभित्रको विरोधका बीच अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव पारित भएसँगै पदाधिकारीको संख्या १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भएको हो । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ तोक्दै स्थायी कमिटी खारेज गर्ने र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीले पार्टीभित्र पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै विधान संशोधनको प्रस्ताव पेश गरेका थिए । नयाँ व्यवस्थाअनुसार अब एमालेमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ जना सचिव रहनेछन् ।
यस्तै, ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ संख्यामा पोलिटब्युरो गठन हुनेछ भने पोलिटब्युरोको एक तिहाइ संख्यामा स्थायी कमिटी रहनेछ । विधान महाधिवेशनले हटाएको स्थायी कमिटीलाई अहिले पुनः ब्युँताइएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको संरचनामा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गराइने छ ।
ईश्वर पोखरेलको कडा प्रतिवाद
ठूलो धनराशी र मिहिनेत खर्चिएर विधान महाधिवेशनबाट टुंगो लगाइएको विषयलाई छोटो समयमै संशोधन गर्न खोजिएको भन्दै बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा असन्तुष्टि जनाएका छन् । संख्या थप्दैमा पार्टीको क्षमता नबढ्ने उनको तर्क छ ।
‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन । बदलिएको परिस्थितिले त हामीलाई बदलियौँ भनेर जबरजस्त सन्देश दिएको छ,’ पोखरेलले प्रश्न गरे, ‘के संख्या बढाएर क्षमता बढ्छ ? यदि बढ्छ भने अस्तिको हाम्रो क्षमता किन जाँचिएन ?’ उनले दुई कार्यकालको विषयमा पनि छलफल हुनुपर्ने भन्दै नेतृत्वको आलोचना गरे । ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरु बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ?’ उनले प्रश्न गरे ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया