विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको निर्णय उल्टाउँदै पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको छ । पार्टीभित्रको विरोधका बीच अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव पारित भएसँगै पदाधिकारीको संख्या १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भएको हो । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ तोक्दै स्थायी कमिटी खारेज गर्ने र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीले पार्टीभित्र पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै विधान संशोधनको प्रस्ताव पेश गरेका थिए । नयाँ व्यवस्थाअनुसार अब एमालेमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ जना सचिव रहनेछन् ।
यस्तै, ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ संख्यामा पोलिटब्युरो गठन हुनेछ भने पोलिटब्युरोको एक तिहाइ संख्यामा स्थायी कमिटी रहनेछ । विधान महाधिवेशनले हटाएको स्थायी कमिटीलाई अहिले पुनः ब्युँताइएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको संरचनामा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गराइने छ ।
ईश्वर पोखरेलको कडा प्रतिवाद
ठूलो धनराशी र मिहिनेत खर्चिएर विधान महाधिवेशनबाट टुंगो लगाइएको विषयलाई छोटो समयमै संशोधन गर्न खोजिएको भन्दै बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा असन्तुष्टि जनाएका छन् । संख्या थप्दैमा पार्टीको क्षमता नबढ्ने उनको तर्क छ ।
‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन । बदलिएको परिस्थितिले त हामीलाई बदलियौँ भनेर जबरजस्त सन्देश दिएको छ,’ पोखरेलले प्रश्न गरे, ‘के संख्या बढाएर क्षमता बढ्छ ? यदि बढ्छ भने अस्तिको हाम्रो क्षमता किन जाँचिएन ?’ उनले दुई कार्यकालको विषयमा पनि छलफल हुनुपर्ने भन्दै नेतृत्वको आलोचना गरे । ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरु बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ?’ उनले प्रश्न गरे ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया