खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा

पोखरा । खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा लालप्रसाद शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले शर्माको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर खत्री र उपाध्यक्षमा प्रेम सुवेदी छन् । सचिवको जिम्मेवारी गंगाकुमारी कार्कीले पाएकी छन् भने कोषाध्यक्षमा कुमार सुनार र सहसचिवमा प्रदीप चालिसे चुनिए । यस्तै, सदस्यहरूमा सरस्वती गोतामे सुवेदी, टीकाराम विश्वकर्मा, भानुभक्त सुवेदी, लिलबहादुर कुँवर, सरस्वती परियार, रामप्रसाद चापागाईं, रन्जित केसी, प्रदीप सुवेदी, सरस्वती शर्मा चालिसे, अनिल सुवेदी र शिवप्रसाद सापकोटा रहेका छन् ।
जन्मथलो सम्झने माध्यम
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीबाट पोखरा आई स्थायी वा अस्थायी बसोबास गर्नेहरूको साझा संस्थाका रूपमा समाज २०७६ सालमा स्थापना भएको हो । समाजले पोखरा र आफ्नो जन्मथलोमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
राजनीतिले संस्था ध्वस्त हुन्छ : नगरप्रमुख जोशी
अधिवेशनको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सरकारको सहयोगीका रूपमा समाजले काम गरेको भन्दै प्रशंसा गरे । ‘पेशा व्यवसायका लागि बाहिर भए पनि जन्मथलोलाई सम्झने र दुःखसुख साट्ने माध्यम समाज बनेको छ,’ जोशीले भने, ‘तपाईंहरूले गरेको कामको जस नगरपालिकाले पनि लिन पाएको छ । तर यस्ता सामाजिक संस्थामा राजनीति हुनुहुँदैन, राजनीति पस्यो भने संस्था ध्वस्त हुन्छ ।’ उनले सीमित स्रोतसाधनका कारण सोचेजति विकास गर्न नसकिएको र विकासको विद्यमान नीतिबारे पुनर्विचार गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा कुश्मा–१३ का वडाध्यक्ष तेजप्रसाद शर्माले समाजको कामको प्रशंसा गर्दै वडाको विकास निर्माणबारे जानकारी गराए । कुश्मा नगरपालिका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले समाजले स्वास्थ्य शिविर र रक्तदान जस्ता कार्यक्रम राखेकोमा खुसी व्यक्त गरे ।
सो अवसरमा संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्री, पूर्व अध्यक्ष एवं सल्लाहकार धर्मबहादुर केसी, पूर्व सल्लाहकार हर्कबहादुर कार्की क्षेत्री लगायत पर्वतका अन्य विभिन्न सम्पर्क समाजका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मान र प्रतिवेदन पारित
अधिवेशनमा ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकहरू सुमित्रा सुवेदी, दत्तकुमारी चपाईं र तीर्थकुमारी क्षेत्रीलाई सम्मान गरियो । साथै, रोहिंग्या शरणार्थी विषयमा विद्यावारिधि (पिएचडी) गरेका हिराबहादुर कार्की र चिकित्सक डा. कैलाश क्षेत्रीलाई विशेष सम्मान प्रदान गरियो ।
विभिन्न संकायमा स्नातकोत्तर उत्तीर्ण सिम्रन विश्वकर्मा, सुजिता विक, खगराज सुवेदी र प्रियंका जिसी थापा, स्नातक उत्तीर्ण यशोदा पौडेल, समीर केसी, मिलन केसी र आशिष सुवेदी तथा कक्षा १२ (प्लस टु) उत्तीर्ण प्रमिला क्षेत्री र समीक्षा शर्मालाई शैक्षिक सम्मान प्रदान गरिएको थियो ।
समाजका निवर्तमान अध्यक्ष पिताम्बर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रबहादुर खत्रीले स्वागत र प्रेम सुवेदीले सञ्चालन गरेका थिए । साधारण सभाले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष कल्पनाकुमारी पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया