कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक

समाधान संवाददाता २०८२ मंसिर २८ गते १४:३७

ललितपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीले सोमबार (मंसिर २९ गते) बिहान ९ बजे बस्ने गरी आकस्मिक बैठक आह्वान गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जानकारी दिँदै बैठकबारे पार्टी पंक्तिलाई सूचित गरेका हुन् । ललितपुरको बिपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बैठक बस्नेछ ।

बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिहरूलाई अनुरोध गरिएको छ । आकस्मिक रूपमा बोलाइएको बैठकको एजेन्डाबारे भने सूचनामा विस्तृत विवरण खुलाइएको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया