नेका गण्डकी बैठक : जिल्लाबाट आएका नाम सिधैं केन्द्रमा पठाउने निर्णय

पोखरा । नेपाली कांग्रेस, गण्डकी प्रदेशको पूर्ण बैठकले आगामी निर्वाचनका लागि जिल्लाहरुबाट प्राप्त आकांक्षीहरुको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ ।
पोखरामा आइतबार बसेको नेका गण्डकीको पूर्ण बैठकमा राष्ट्रियसभा, प्रतिनिधिसभा र समानुपातिक उम्मेद्वार सिफारिसका सम्बन्धमा छलफल गरिएको नेका गण्डकीका प्रवक्ता माधव बास्तोला ‘मधु’ले जानकारी दिए । बैठकले ती नामहरु माथि मापदण्डमा भएका केही बुँदामा अध्ययन गरी बाँकी नाम सिधैं केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको उनले सुनाए ।
‘राष्ट्रिय सभा, प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि क्षेत्रीय समितिबाट जिल्ला हुँदै आएका सबै नामहरुलाई मापदण्डले छेकेको नाम बाहेक सबैलाई रायसहित पठाउने निर्णय गरियो,’ उनले भने, ‘त्यो मापदण्डमा हाल बहालमा रहेका प्रदेश सभा सदस्यहरु, कारवाहीमा परेकाहरु, समानुपातिकको बन्द सूचीमा रहेका नाम काट्ने भन्ने छ ।’
उनका अनुसार अहिलेसम्म ९ जिल्लाबाट उम्मेदवार सिफारिसका लागि नामहरु फाइनल भएर आएको जानकारी दिए । मनाङबाट समानुपातिकको टुंगो लागेर आएपनि प्रत्यक्षको फाइनल नभएको उनले बताए । मुस्ताङबाट अहिलेसम्म उम्मेदवार सिफारिस नभएको उनको भनाइ थियो । ‘हामीले बैठकबाट निर्णय गरे अनुसार भोलि (सोमबार) बेलुकासम्म फाइनल गरेर केन्द्रमा पठाउने भनेका छौं,’ उनले भने, ‘गण्डकीको ९ जिल्लाको उम्मेद्वार सिफारिस टुंगो लागेर नाम प्रदेशमा आइसकेको छ । मनाङ र मुस्ताङको फाइनल भएको छैन् । भोलि बेलुकासम्म यति उम्मेद्वार सिफारिस भयो भनेर भन्न सक्छौं ।’
कांग्रेसको विधान अनुसार प्रतिनिधिसभा क्षेत्रीय समिति र जिल्ला कार्यसमिति हुँदै आएको नामहरु यथावत सिफारिस गर्ने विषयमा छलफल गरिएको नेका गण्डकीका सदस्य अजित क्षेत्रीले बताए । ‘हामीले विवेक पुर्याएर देश जनता र पार्टीको हित केन्द्रमा राखेर हामीले राय दिएका थियौं,’ उनले भने, ‘राष्ट्रिय सभामा न्याय हुने गरी सिफारिसका लागि विवेक पुर्याउन भन्यौं ।’ नेताको विवेकमा आधारित टिकट वितरण व्यवस्थालाई बदल्दै वैज्ञानिक मूल्यांकन र प्रभाकारिताको आधारमा प्रि प्राइमरी इलेक्सनको मतभार कम्तिमा ५० प्रतिशत राख्दै पार्टीका लागि दिएको योगदानका आधारमा टिकट दिने विधि निर्माण गर्न वैठकमा माग गरिएको उनले बताए ।
बैठकले नेकाका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको शोक व्यक्त गर्दै विभिन्न बैठकका निर्णण अनुमोदन गर्ने निर्णय पनि गरेको थियो ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया