प्रगति माविको खेल उत्सव सकियो

समाधान संवाददाता २०८२ मंसिर २८ गते १९:५३

पोखरा । पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सव आइतबार सकिएको छ । एक दिन विद्यालय र दुई दिन पोखरा रंगशालामा गरी सञ्चालन भएको उत्सवमा विभिन्न १३ वटा खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका १ हजार बढी विद्यार्थीले सहभागिता जनाएका थिए । उत्सवको अन्तिम दिन आज भएको फुटबलको फाइनल खेलमा सन्देश खत्री टिम क्याप्टेन रहेको माछापुच्छ्रे सदनलाई पराजित गरी अर्मान गुरुङको नेतृत्वको अन्नपूर्ण सदन विजेता भएको छ ।

निर्धारित र थप समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा माछापुच्छ्रेलाई ६–५ ले हराउँदै अन्नपूर्ण विजयी भएको हो । उत्सवमा ५०, १००, २००, ४००, ८०० मिटर दौड, छात्र÷छात्रा रिले दौड, हाइजम्प छात्र÷छात्रा, लंगजम्प, फुटबल, ह्यान्डबल छात्र÷छात्रा, बास्केटबल छात्र÷छात्रा, ब्याडमिन्टन छात्र÷छात्रा सिंगल एन्ड डबल लगायत खेलहरु समावेश गरिएको विद्यालयका सूचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।

कक्षा ४ र ५ को रिले छात्रातर्फ आस्था गुरुङ, संस्कृति आचार्य, दिती बानियाँ, स्वस्तिका सुनार प्रथम, प्रार्थना राना, सम्भवी काफ्ले, अमना आले, युनिका परियार द्वितीय, देविना गुरुङ, सृष्टिका ढकाल, सुविना केसी, आरोही पुन तृतीय भए । त्यस्तै कक्षा ६ र ७ को हाइजम्प छात्रमा सुवास राना प्रथम, प्रनिम गुरुङ द्वितीय र प्रभात गुरुङ तृतीय, कक्षा ८, ९ र १० तर्फ आर्यन सुनार प्रथम, सुजल गुरुङ द्वितीय, कुशल परियार तृतीय, कक्षा ४ र ५ को २ सय मिटर दौड छात्रतर्फ विवश सुनार प्रथम, प्याट्रिक बास्तोला द्वितीय, विश्वास भट्टराई तृतीय भए ।

Advertisement

कक्षा ८, ९, १० को छात्र ८ सय मिटरमा समिर वरुवाल प्रथम, उमंग घर्ती द्वितीय, निर्जन चोचागे तृतीय भए । कक्षा ११ र १२ को हाइजम्प छात्रमा सोहन नेपाली प्रथम, प्रज्वल केसी द्वितीय, आशिष घले तृतीय, कक्षा ८, ९, १० को २ सय मिटर दौड सलिना पुर्जा प्रथम, सजना पौडेल द्वितीय, समीक्षा नेपाली तृतीय, कक्षा ११ र १२ को १ सय मिटरतर्फ सोहन नेपाली प्रथम, स्मिथ भट्टराई द्वितीय, प्रज्वल केसी तृतीय भए । कक्षा ४ र ५ को २ सय मिटर छात्रामा आरोही पुन प्रथम, दिती बानियाँ द्वितीय, प्रिया राना तृतीय भए ।


त्यस्तै कक्षा ४ र ५ को रिले छात्रमा दिपेश कँडेल, दिप्सन थापा, रिदम घले, विवश सुनार प्रथम, सोहित परियार, अनुराग न्यौपाने, कृष खत्री, प्याट्रिक बास्तोला द्वितीय, प्रतिक पौडेल, प्रनिश कार्की, सार्थक क्षेत्री, मन्नत थापा तृतीय भए । सो अवसरमा कक्षा ४ देखि ६ का विद्यार्थीले पिटी ड्रिल पनि प्रदर्शन गरेका थिए । मार्चपासमा धौलागिरि सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र माछापुच्छ्रे तृतीय भए । विजयी विद्यार्थी र टिमलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पोखरा रंगशालाका कार्यालय प्रमुख डिबी नेपाली, प्याब्सन कास्कीका पूर्व अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँ, विद्यालयका कार्यकारी निर्देशक दिनेशकुमार श्रेष्ठ लगायतले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।

Advertisement


समापन कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष गुरुङले देशको खेलकुद विकासमा निजी क्षेत्रका विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आधारभूत तहदेखि नै खेल क्षेत्रमा लगानी गर्न सके मात्र त्यसले उत्कृष्ट परिणाम निकाल्ने बताए । कार्यक्रममा विद्यार्थीले नेपाली लोक संस्कृति झल्कने गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । उत्कृष्ट सदनको रुपमा यसवर्ष पनि सगरमाथा सदन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन शिक्षक मीना भण्डारीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया