पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी

पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३४ औं वार्षिकोत्सवको अवसरमा आइतबार विद्यालयमा खुला रक्तदान आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व निभाउने क्रममा आयोजित रक्तदानमा ५६ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्ष उर्मिला खड्काले पश्चिमाञ्चल फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेकी थिइन । विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानको यो १४ औं संस्करण भएको बताए ।
‘सामाजिक उत्तरदायित्व निभाउनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रगत अभाव हुन नदिन संस्थागत रुपमा यस्ता गतिविधि आवश्यक पर्छ,’ उनले भने । उनका अनुसार विद्यालयका ११ र १२ कक्षाका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, संचालक समितिका सदस्य लगायतले रक्तदान गरेका थिए ।
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले स्वस्थ मानिसले गरेको रगतले कसैको ज्यान जोगाउन सघाउ पुग्ने बताए । उनले आगामी दिनमा पनि यस्तै संस्थागत उत्तरदायित्वका कार्यक्रम गर्दै जाने बताए ।
विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले रगत दान नै जीवनदान भएकाले यस्ता गतिविधि आवश्यक रहेको बताए । कसैको जीवनदानका लागि अरु कसैको रगत आवश्यक पर्ने भएकोले पनि संस्थागत रुपमा उत्तरदायित्व निभाएको बताइन् ।
नेपाल रेडक्रस सोसाइटकी कास्कीकी अध्यक्ष खड्काले रगत अभाव हुन नदिन सहकार्य आवश्यक रहेको बताइन् । विद्यालयको वार्षिकोत्सव अवसरमा विद्यार्थीले विज्ञान प्रदर्शनी पनि आयोजना गरेका थिए ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया