प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान

पोखरा । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सम्मानमा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की लगायत कास्कीमा क्रियाशील सामुदायिक सेवा केन्द्रहरुले आइतबार संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेका छन् ।
कार्यक्रमममा महानिरीक्षक कार्कीले मुलुक भरीमा शान्ति सुरक्षा सबभन्दा पहिलो प्राथमिकतामा पर्ने बताए । सुरक्षालाई एकांकी रुपमा हेर्न नहुने उल्लेख गर्दै उनले खाद्य, शिक्षा, स्वास्थ्य,सामाजिक सुरक्षा समग्र मानवको सुरक्षा सवालसँग जोडिने चर्चा गरे । उनले पोखराको बैदाम, सौराह, लुम्बिनी, ठमेल लगायतका पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खोल्दा सुरक्षा चुनौती थपिएको जनाए । पर्यटकीय स्थल र व्यक्तिगत आवास क्षेत्रको छुट्टा छुट्टै व्यवस्था नहँुदा २४सै घण्टा खोल्ने व्यवस्था भद्रगोल भएको उल्लेख गरे । ‘पर्यटकीय क्षेत्र २४सै घण्टा खोल्न माग भएको हो । खोल्न हुन्न भन्ने आवाज समेत एक साथ आएको छ, ’उनले भने, ‘यो कथा म कास्कीको एसपीहुँदा देखि अहिलेसम्म जोडिएको छ । जोनिङ क्षेत्र नभएकोले भद्रगोल भयो ।’ उनले छिमेकीलाई असर नगर्न डिस्को, दोहोरी खोल्दा साउण्डप्रुफ हुन पर्ने बताए ।
शान्ति सुरक्षाको लागि सिसि क्यामरा जडान गर्नुका अलवा ग्राहकको सुरक्षाको लागि सुरक्षाकर्मीको व्यवस्था गर्नु पर्ने उल्लेख गर्दै उनले धुम्रपान स्थल छुट्टाउनुको साथै पार्किङ स्थलको व्यवस्था गर्नुु पर्ने सुझाव दिए । उनले बढ्दो शहरीकरणसँगै लागु पदार्थको सेवन तथा कारोबारबाट बाल बालिकालाई जोगाउन अभिभावकले अभियान थाल्न सुझाव दिए ।
प्रहरी महानिरीक्षक कार्कीले सामुदायिक सेवा केन्द्रलाई अपराध नियन्त्रणसँगको गतिविधिसँग जोडिन पर्ने सुझाव दिए । समुदायका समस्या पहिचान गरी शान्ति सुरक्षाका सवाललाई प्राथमिकीकरण गर्न आग्रह गर्दै उनले प्राथमिकतामा परेका विषयलाई समाधान गर्दै समुदायमा मेल मिलापको वातावरण बनाउन सुझाव दिए । उनले समुदायका समस्या पहिचान गरी सम्बोधन नगरेसम्म शान्ति सुरक्षा र अमनचयन कायम गर्न नसकिने बताए । समाजसेवा शुल्क लिएर गर्ने विषय नभएको तर्क गर्दै उनले उच्च नैतिक चरित्र भएको व्यक्तिले मात्र सामुदायिक सेवा केन्द्रको नेतृत्व गर्न सक्ने उल्लेख गरे ।
गण्डकी प्रदेशमा सामुदायिक सेवा केन्द्रले १५ हजार ५सय ५० कार्यक्रम गरेको जानकारी दिदै उनले भएका कार्यक्रमको समिक्षा गरी प्रभावकारीता खोज्न आग्रह गरे । उनले उपलब्धी मुलक कार्यक्रमलाई मात्र निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम कार्की, वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाया, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन व्यवसायीहरु कृष्ण आचार्य, शोभा पाण्डे लगायतले पर्यटन र शान्ति सुरक्षाको बारेमा बोलेका थिए ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया