तनहुँको मौरीबासमा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु

पोखरा ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा आइतबार दिउँसो सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा छन् ।
दमौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ ख ९४०६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ०१–०१८६ नम्बरको स्कुटर दिउँसो करिब १ बजेर १० मिनेटमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो ।
उपचारकै क्रममा दिउँसो १ बजेर ४५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न बसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ५१ वर्षीय चुडामणि शर्मा पोख्रेल छन् ।
दुर्घटनामा परेका दुवै सवारीसाधनलाई अहिले इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








तनहुँको मौरीबासमा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी : भूगोल र क्षेत्रमा युवा अनिवार्य, वरिष्ठ उपाध्यक्ष हट्यो
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया