नेपाली शान्ति सैनिकको अदलीबदली
समाधान संवाददाता
२०८२ मंसिर २९ गते १३:२६
काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् ।
चौंथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८९ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।
सम्बन्धित







बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै
पोखरेलको प्यानलबाट सचिवमा बागलुङका इन्द्रलाल सापकोटाको उम्मेदवारी
ओली प्यानलबाट उपाध्यक्षमा गुरुङ र सचिवमा अधिकारीसहित गण्डकीका ४१ जना उम्मेदवार
नेपाली शान्ति सैनिकको अदलीबदली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया