चित्रकलामा न्यू मिलेनियम स्कुलका समृद्ध प्रथम

पोखरा ।
अन्तर विद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम भएका छन् । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ्रे प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
त्यस्तै एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गरे भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गरे । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की एनी राना र वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीका कक्षा ९ का प्रिन्स रानाभाटले सान्त्वना स्थान हासिल गरे। प्रतियोगिताका प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय र शान्त्वना हुनेलाई जनही एक/एक हजार साथमा प्रमाण—पत्र वितरण गरिएको थियो ।
विजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार यादव चन्द्र भुर्तेल, सल्लाहकार केशवराज बराल, गोकुल सापकोटा, क्लवका महासचिव राकेश श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको प्रमुख निर्णायकमा विशेश्वर पराजुली, निर्णायक होग्रेथ भुर्तेल र अनुसुया बराल थिए । क्लबले प्रतियोगिता मार्फत विद्यार्थीहरुको सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए ।
कार्यक्रमको संचालन क्लवका सदस्य प्रकाश गुरुङले गरेका थिए । प्रतियोगितामा विभिन्न १३ बिद्यालयका करिब २० जना प्रतियोगिहरु सहभागि भएको क्लवले जनाएको छ । निर्णायक र बिद्यार्थीहरुले कोरेका चित्रहरु एक आपसमा साटसाट समेत गरिएको सचिव प्रवेन्द्र थापाले बताए । उक्त प्रतियोगिताको लागि ग्रेस इन्टरनेश्नल प्रालिले १० हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।








एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया