केन्टद्वारा आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर

पोखरा ।
पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ। ‘स्वास्थ्यसँगै विश्वस्तरीय खेल अनुभव’ भन्ने नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव प्राप्त गर्ने अवसर पाउनेछन्।
यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरुले सन् २०२६ फेब्रुअरी ८ मा भारतको मुम्बईस्थित वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। विजेताले खेलको टिकटसहित ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत प्राप्त गर्नेछन्।
केन्ट मिनरल आरओ शुद्ध र सुरक्षित पिउने पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ। नेपालमा पनि ‘विश्वस्तरीय ब्रान्ड, नेपाली परिवारको भरोसा’ का रुपमा स्थापित केन्टले अत्याधुनिक प्रविधियुक्त वाटर प्युरिफायरमार्फत परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले Kent [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनु पर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ भने सर्त तथा नियमहरू लागू हुनेछन्।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया